धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

उम्मेदवार बलायर र महरसँग आयोगद्धरा स्पष्टिकरण माग

उम्मेदवार बलायर र महरसँग आयोगद्धरा स्पष्टिकरण माग

धनगढी सुदूरपश्चिम प्रदेशका दुई उम्मेदवारलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको निर्वाचन आचारसंहिता विपरित गतिविधि गरेको आयोगमाथि लाञ्छना लगाएको भन्दै दुई जनालाई आयोगले स्पष्टिकरण सोधको हो

आयोगले कैलाली क्षेत्र नम्बर बाट प्रतिनिधि सभाका उम्मेदवार नेपाली काँग्रेसका बीर बहादुर बलायर बझाङ क्षेत्र नम्बर का उम्मेदवार बनेका नेकपा एमालेका ऐन सिंह महरलाई स्पष्टिकरण सोधेको

बलायरले बिहीबार आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा आयोग आयोगका पदाधिकारीमाथि लाञ्छनापूर्ण अभिव्यक्ति दिएको भन्दै आयोगले शुक्रवार उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो

तपाईँले आफ्नो निर्वाचन क्षेत्रमा गत बिहीबार आयोजित कार्यक्रममा निर्वाचन आयोग नेपाल यसका पदाधिकारीहरू उपर लाञ्छनापूर्ण अभिव्यक्ति दिनु भएको सूचना सोलाई पुष्टि गर्ने सामग्री आयोगमा प्राप्त भइसकेको सन्दर्भमा तपाईँले उक्त अभिव्यक्ति दिनु भएको होइन भन्ने आधार प्रमाण के ?’ आयोगले बलायरलाई सोधेको

उनलाई आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा प्रदेश निर्वाचन कार्यालय कैलालीमा स्पष्टीकरण पेश गर्न भनेको बलायरले बिहीबारको चुनावी सभामा भनेका थिए, ‘नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले रौतहटको चुनावी सभालाई सम्बोधन गर्दै बोलेको सामान्य शब्दलाई लिएर निर्वाचन आयोगले पत्र काट्यो हामीले इमान्दारीपुर्वक निर्वाचन आयोगको आचारसंहितामा हस्ताक्षर गरेका छौँ उल्लंघन गर्दैनौँ गर्न पनि दिँदैनौँ तर, केपी ओलीको इशारामा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उच्छृंखल गतिविधि गर्दैछन्

यस्तै, नेकपा एमालेका महरले बझाङमा भईरहेको जिल्ला स्तरिय खुल्ला प्रतियोगितामा प्रथम पुरस्कार प्रदान गरेका थिए आयोगको पत्रमा भनिएको   –‘तपाईले जिल्ला स्तरिय खुल्ला प्रतियोगिताका विजेतालाई प्रथम पुरस्कार भनी नगद ४१ हजार प्रदान गरेको भनी सामाजिक सञ्जालमा सार्वजनिक भएको साथै सो विषयमा आयोगमा लिखित उजुरी समेत परेको विषयमा आयोगको ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको

निर्वाचन आँचारसंहिता २०७९ को दफा को खण्ड () माकसैले पनि कुनै प्रकारले विर्नाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने व्यवस्था भने () मा विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आम समुह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने व्यवस्था