धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

गठबन्धनका उम्मेदवारलाई जीताउन आवश्यक छ : देउवा

गठबन्धनका उम्मेदवारलाई जीताउन आवश्यक छ : देउवा

धनगढी प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र लोकतन्त्रलाई बचाउन शत्तारुढ गठबन्धनका उम्मेदवारलाई जीताउनु आवश्यक रहेको बताएका छन्

आइतबार शत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको प्रदेश स्तरिय संयुक्त भेलामा बोल्दै उनले एमाले सहितको गठबन्धनले जीते देश अस्तिरताको भूमरीमा फस्ने अहिलेका उपलब्धी गुम्ने खतरा रहेको भन्दै त्यसतो जोखिमबाट बताउन बाम लोकतान्त्रिक गठबन्धनले जीत्नु आवश्यक रहेको बताए

उनले सुदूरपश्चिमबाट शत्तारुढ गठबन्धलाई जीतको सफलता मिल्ने अपेक्षा राखेको बताएका छन् उनले सुदूरपश्चिमबाट गठबन्धन दलका उम्मेदवारहरूलाई जिताउन समेत आह्वान गरेका छन् देश अहिले गम्भीर मोडमा पुगेको भन्दै देउवाले चुनावपछि देश कता जाने भन्ने थाहा हुने बताए यदी शत्तारुढ गठबन्धनले जीतेमा देश सुरक्षित बन्ने लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा हुने , तर ओलीको नेतृत्वले जीते सवै उपलब्धी गुम्ने छन्, देशलाई कता लैजाने भन्ने बारेमा मतदाताले सोच्नु पर्दछ