धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

राजनीतिक स्थिरता नभई देश विकास हुन्दैन : पौडेल

राजनीतिक स्थिरता नभई देश विकास हुन्दैन  : पौडेल

धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको विकासका लागि राजनीतिक स्थितरता आवश्यक रहेको बताएका छन् राजनीतिक स्थिरताका लागि शत्तारुढ गठबन्धनको जीत अपरिहार्य रहेको उनले बताए ओलीलाई जनताले दुई तीहाईको मत दिंदा उनले दुईदुई पटक संसद विघटन गरेर राजनीतिक दोन्द निम्त्याएको भन्दै उनले भने, ‘देशलाई बिकासको खाँचो भएका वेला ओलीले राजनीतिक दोन्द निम्त्याएर बिकासको काम ठप्प परेका छन्, पौडेलले भने, ‘अहिलेको गठबन्धनले राजनीतिलाई सहि दिंशामा ल्याउन सफल भएको , अव बिकासका लागि यही गठबन्धनलाई जीताउनु अपरिहार्य

धनगढीमा सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् उनले  राष्ट्रपति केपी ओलीबाट संविधानमाथि आक्रमण भएको जनाएका छन् त्यसैले यसको रक्षाका लागि गठबन्धन उम्मेदवार जीताउन उनले आग्रह गरे