धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

ओलीको समर्थनमा लम्कीमा  निस्केको जुलुमा प्रचण्ड पक्षको आक्रमण

ओलीको समर्थनमा लम्कीमा  निस्केको जुलुमा प्रचण्ड पक्षको आक्रमण

लम्की

   नेकपा अध्यक्ष केपी शर्मा ओली प्रचण्ड पक्षधर बीच कैलालीको लम्कीमा झडप भएको नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षधरहरुले आज दिउसो करीब बजेतिर लम्कीचोकमा प्रधानमन्त्री पदको बचाउ गदै रयाली सहित कोणसभा गरि रहेको समयमा प्रचण्ड पक्षधरहरु एका एक आएर आक्रमण गरेपछि स्थिति तनावग्रस्त भएको प्रत्यक्षदशी पत्रकार लोकबहादुर देउवाले बताउनु भएको

   सचेत नागरीक समाज लम्की, कैलाली नामक संस्थाको ब्यानरमा केपी शर्मा ओलीको फोटो सहित नेपालको नयाँ नक्सा राखेर दुई दर्जन बढी युवाहरुको सहभागितामा लम्की चौराहामा प्रर्दशन समेत गरेका थिए देशको मुहार फेर्नु साथी, पार्टी भन्दा राष्ट्र माथि, राष्ट्रिय स्वाभिमान कायम गर, बैदेशिक हस्तक्षेप बन्द गर लगायतका नारा समेत लेखेका प्ले कार्ड सहित के.पी. शर्मा ओली पक्षधर युवाहरुको सहभागिता थियो

   सचेत नागरीक समाजको तर्फबाट के.पी शर्माओली पक्ष निकट मानिदै आएका पत्रकार सम थापाले प्रधानमन्त्रीको बचाउ गदै गरेको भाषण लगतै बोल्न माईक समाएका लम्कीचुहाका नेकपाका नेता नरबहादुर खड्काले के.पी. शर्मा ओलीको बचाउ गदै प्रचण्डले बकमफुसे कुरा गरेको आरोप लगाएका थिए

   दुई तिहाईको सरकारलाई आफ्नै साथीहरुले ढलाउन खोजेको भन्दै आक्रोस पोखि रहेका बेला प्रचण्ड निकटका केही युवाहरु खड्का माथि खनिएका थिए

   के.पी. पक्षधरहरुले आफुहरुमाथि प्रचण्डका पुर्ब लडाकुहरुले नियोजित रुपमा आक्रमण गरेको आरोप लगाएका छन् माहोल साम्य पार्न प्रहरीलाई समेत हम्मे हम्मे परेको थियो पछिल्लो समयमा नेकपा भित्र सत्ता कुर्चिका लागि बिबाद चुलिदै गएको , भने पार्टी समेत फुटको अवस्थामा रहेको