धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

लक्ष्मीनारायण मन्दिरका भवनमा लगाइयो डोजर

लक्ष्मीनारायण मन्दिरका भवनमा लगाइयो डोजर

धनगढी सडक चौडा पार्नका लागि मुख्य बजार क्षेत्रमा भवन खालि गर्ने योजना अन्तरगत धनगढी उप महानगरपालिकाले लक्ष्मीनारायण मन्दिरको भवनमा पनि डोजर लगाएको

-धनगढीको मुख्य सडक कैलाली पुल देखि क्याम्पसरोड_ सम्मको सडक ३० मिटर चौडा बनाउने योजना सहित उप महानगरले सो क्षेत्र भित्र पर्ने संरचना हटाउन भदौ १३ गते सूचना जारी गरेको थियो तोकेको समयमा संरचना नहटाएपछि उप महानगरले कार्तिक १६ गते देखि आफै डोजर लगाएर सडकको ३० मिटर क्षेत्र भित्र पर्ने संरचना हटाउन थालेको

पहिलो चरणमा सरकारी भवन, संस्थागत भवन गुठिका भवन भत्काउन सुरु गरेको उप महानगरले त्यसपछि निजी भवन पनि भत्काउने योजना रहेको जनाएको

बुधबार सेती प्रादेशिक अस्पतालका भवन भत्काउने क्रममा धनगढीका नगरप्रमुख गोपाल हमालले सरकारी भवन भत्काउदा सम्म नीजि भवनमा रहेका व्यवसाय खाली गरी भवन भत्काउने समय रहेको बताए तर त्यती सम्म पनि भवन खाली नभए उप महानगरपालिका ती संरचना खालि गर्न बाध्य हुने उनले बताए