धनगढी पोष्ट
सोमबार, २१ कार्तिक २०७९ मा प्रकाशित
धनगढी । धनगढी उप महानगरपाकिलाले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको पर्खालमा डोजर लगाएको छ ।
धनगढीको मुख्य सडक ३० मिटर चौडा बनाउने योजना अनुसार सो क्षेत्र भित्र पर्ने संरचना हटाउने योजना अनुसार उप महानगरले भेटेनरी अस्पतालको पर्खाल डोजर लगाएर भत्काएको हो । धनगढी उप महानगरपालिकाले यस अघि सेती प्रादेशिक अस्पतालका व्यापारिक सटर र लक्ष्मिनारायण मन्दिरका व्यापारिक सटर पनि डोजर लगाएर भत्काएको छ ।
उप महानगरपालिकाले सडकको दायाँ बायाँ १५÷१५ मिटर क्षेत्रमा पर्ने संरचना खालि गर्न सूचान जारी गरिसकेको छ । पहिलो चरणमा सरकारी निकायका संरचना खाली गर्ने अभियान थालेको उप महानगरले लगत्तै सडकको क्षेत्राधिकार क्षेत्रमा पर्ने नीजि संरचना पनि भत्काउने जनाएको छ ।