धनगढी पोष्ट
बिहिबार, २४ कार्तिक २०७९ मा प्रकाशित
धनगढी । बुधबार बिहान गएको भुकम्पबाट भएको क्षेतिको विवरण बुझ्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अध्ययनका लागि खप्तड क्षेत्रमा प्राविधिक टोली पठाउने भएको छ ।
भूकम्पबाट भएको क्षति आंकलनका लागि अध्ययन टोली परिचालन गरिने प्राधिकरणले जनाएको हो । प्राधिकरणको आयोजनामा बिहीबार विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत अन्तरराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरूसँग छलफल भएको थियो ।
पिडितको व्यवस्थापन र क्षेतिपुर्तिका लागि क्षेतिको एकिन विवरण आउनु जरुरी रहेकाले अध्ययनका लागि प्राविधिक टोली परिचालन गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
बिहीबार बिहान ५ बजेर १२ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिका केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस भएको थियो ।
मंगलबार राति डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक केन्द्र भएर ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाले ज्यान गुमाएका थिए ।