धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
एमालेको सुदुरपश्चिम  बिकासको  पाँच बर्षे संकल्पपत्र

भागबण्डामा हैन, प्राथमिकताका आधारमा योजना छनौट

भागबण्डामा हैन, प्राथमिकताका आधारमा योजना छनौट

धनगढी नेकपा एमालेले समृद्ध सुदुरपश्चिम निर्माणका लागि पाच बर्षको संकलप घोषणा गरेको प्रदेशका प्राथमिकताका बिषयलाई २७ क्षेत्रमा बर्गीकरण गर्दै एमालेले बिकासको संकल्प गरेको

संकल्प पत्रमा प्रदेशभित्रका योजनाहरु भागबण्डामा हैन, प्राथमिकताका आधारमा योजना छनौट गर्ने  ती अवलम्बन गरिने घोषणा गरेको

समृद्ध सुदुरपश्चिमको  आधार तयार गर्न २० बर्षीय प्रादेशिक रोडम्याप निर्माण गरिनेछ   मंगलबार पँच बर्षे संकल्पपत्र सार्वजनिक गर्दै नेकपा एमालेका सुदुरपश्चिम प्रदेश सचिव धर्मराज पाठकले भने भनेउत्त रोडम्याप अन्तर्गत दीर्घकालीन, मध्यकालीन तथा तत्कालन गर्नु पर्ने कामका क्षेत्रहरु पहिचान गरि योजनाहरु निर्माण गरिनेछ

संघीय तथा स्थानीय सरकारसँगको सहकार्यमा प्रदेश भित्र आधारभुत शिक्षा निःशुल्क अनिवार्य, माध्यशिक शिक्षा निःशुल्क उच्चा शिक्षा सर्वसुलभ बनाइने संकल्प एमालेले गरेको प्रादेशिक  पोलिटेक्निक इन्स्टिच्युट स्थापना संचालन गरिने प्रदेशका पचास हजार युवालाई बजारको माग अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक सीप तालिम प्रदान गरि आय तथा रोजगारीसँग जोडिने एमालेको संकल्प रहेको सचिव पाठकले बताए    गरिब तथा जेहेन्दार बिद्यार्थीका लागि छात्रबृत्तिको व्यवस्था गरिने संकल्प पत्रमा उल्लेख

प्रदेशका नागरिकलाई स्वस्थ बनाउन सेती प्रादेशिक अस्पताल महाकाली अस्पताललाई बिशिष्टिकृत अस्पतालको रुपमा  बिकास गरिने, गेटा मेडिकल कलेजलाई मेडिकल बिश्वबिद्यालयको रुपमा स्थापना  सँचालनमा ल्याउन संघीय सरकारसँग पहल गर्ने गेटा मेडिकल कलेजभित्र अलग बिभाग निर्माण गरि सिकलसेल एनिमिया रोगको अनुसन्धान निःशुल्क उपचारको व्ययवस्था मिलाइने संकल्प एमालेले गरेको

जिल्ला अस्पतालहरु टीकापुर अस्पताललाई सुविधा सम्पन्न बनाउने अछामको बयलपाटा अस्पताल सँचालनको सम्पुर्ण जिम्मा प्रदेश सरकारले लिने, सामुदायिक संस्थाको सहकार्यमा सँचालन गर्ने तथा बयलपाटा मोडललाई प्रवद्र्धन गरेर प्रदेशमा बिस्तार गर्ने एमालेको संकल्प रहेको पाठकले बताए   

एमालेले पाँच बर्षभित्र सबै परिवारमा सफा स्वच्छ पिउने पानी उपलव्ध गराउने   प्रदेशका सबै परिवारलाई मासिक दश हजार लिटर पानी निःशुल्क दिने संकल्प समेत गरेको

संकल्प पत्रमा प्रदेशमा  उन्नत आधुनिक कृषिको प्रवद्र्धन गर्दै कृषिको बर्गीकरण गरिने कृषि उत्पादनको अनुपातमा प्रोत्साहन अनुदान दिने व्यवस्था गरिने, तरकारी फलफुल तथा फुल आयात न्युनीकरण गर्न तरकारी, फलफुल, पुष्प खेती व्यवसायमा अनुदान प्रदान गरिने उल्लेख

प्रदेश स्तरमा कृषि अनुसन्धान परिषद स्थापना गरि  बालीको अनुसन्धान, बीउ उत्पादन कृषि क्षेत्रको बिबिधिकरणमा सहयोग पुरयाइने  संकल्प पत्रमा उल्लेख

बाजुरा, दार्चुला, बैतडी लगायतका दुर्गम जिल्लामा उत्पादन हुने स्याउ, ओखर जस्ता फलफुलको बजार बिस्तारमा अनुदानको व्यवस्था गरिने एमालेले  संकल्प गरेको

पर्यटक बिकासलाई प्रदेश समृद्धिको आधार  मान्दै एमालेले जारी गरेको संकल्प पत्रमा बाजुराको बडीमालिका, बझाङको सुर्मादेवी, बैतडीको निङलासैनी, दार्चुलाको उदयदेव, अछामको बैजनाथडोटीको शैलेश्वरी, डडेल्धुराको उग्रतारा, कैलालीको बेहडाबाबा, कन्चनपुरको सिद्धनाथ मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा बिकास गरिने एमालेको संकल्प पत्रमा उल्लेख   प्रदेशका खप्तड, रामारोशन, शुक्लाफाटा तथा सैपाल जस्ता क्षेत्रलाई बिशेष पर्यटकीय  गन्तव्यको रुपमा बिकास तथा प्रवद्र्धन गरिने संकल्प पत्रमा उल्लेख

प्रदेशको बिकासका लागि मेक इन सुदुरपश्चिम  अभियान सँचालन गरिने देशभित्रै प्राप्त हुने कच्चा पद्धार्थमा आधारित उपभोग्य बस्तुहरुको उत्पादन गर्ने उद्योगहरु स्थापना गर्न स्टार्टअप फण्डको व्यवस्था गरिने, एक गाउँ एक उत्पादन, एक परिवार एक रोजगार भन्ने नाराका साथ रोजगारीका अवसर सिर्जना गरिने संकल्प  पत्रमा उल्लेख

सहज आवागमनको आधार तयार पार्न दिगो यातायातको पुर्वाधारलाई मानिएको संकल्पमा सबै पालिकाका केन्द्र जोड्ने पक्की सडक बनाइनेप्रदेशमा संचालित बस सेवाको न्युनतम मापदण्ड तोकी  बस रोक्ने ओराल्ने निश्चित ठाउँ तोक्ने संकल्प एमालेले गरेको

मुक्त हुन बाकी हलियाहरुको लगत लिइ मुक्त घोषणा गर्ने   मुक्त हलिया, मुक्त कमैयाहरु, अति बिपन्न दलित, एकल महिला, जेष्ठ नागरिक  तथा अपांगता  भएका व्यक्तिहरुलाई आवासबिहीन हुन नदिन आवास सुविधा उपलव्ध गराइनेमुक्त कमैया, दलित, निम्न आय भएका बस्तीमा एकीकृत बस्ती बिकास  अवधारणा  लागु गर्ने एमालेले संकल्प गरेको

प्रदेश भित्रका साना ठुला नदी नालाहरुमा बिद्युत उत्पादनको सम्भाव्यता अध्ययन गरि लगानीको लागि सहजीकरण गरिने, दुई बर्षमा  बिद्युतमा पहुच हुने जनसंख्या शत प्रतिशत पुरयाइने एमालेले  संकल्प पत्रमा उल्लेख गरेको सबै परिवारलाई ग्राहस्थ उपभोगका निम्ति बर्षायाममा मासिक ५० युनिट हिउदयाममाम  ३० युनिट बिद्युत निःशुल्क उपलव्ध गराइने संकल्प पत्रमा उल्लेख