धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
सडक चौडा पार्ने धनगढी उपमहानगरको अभियान

आफ्नै घर भत्काउन लगाए २ घर धनीले

आफ्नै घर भत्काउन लगाए २ घर धनीले

धनगढी धनगढीको मुख्य सडक फराकिलो बनाउने अभिायानमा घर धनीले आफै घर भत्काएर सहयोग गर्न थालेका छन्

बिहीबार गम्भीरसिंह वम छबिराज पन्तले एलएन चौकमा रहेका आफ्ना घर भत्काउन लगाएका छन्   बम पन्तको आग्रहपछि नगरपालिकाले जेसबिी लगाएर सडकको मुख्य बिन्दुबाट १५ मीटरसम्ममा पर्ने घरको भाग भत्काएको थियो

नगरको बिकास अभियानमा साथ दिन घर भत्काएर सहयोग गरेको घर धनि बमले बताए २०२० सालमा पलियाबाट निर्माण सामाग्री ल्याएर धनगढीमा पक्की घर बनाएको हुँ, उनले भने, ‘त्यति धेरै मेहनत गरेको घरको माया नलाग्ने कुरै हुँदैन, तर पनि नगरको बिकास हुन्छ भने त्यसमा सहयोग गर्न हामी तयार हुनु पर्दछ

बिहीबार नै उप महानगरले मुख्य सडकमा रहेको आनन्द जोशीको घरमा बल प्रयोग गरी भत्काउने प्रयास गरे पनि जोशीले घर खालि गर्न १५ दिनको समय मागेको धनगढी उप महानगरपालिकाका ओभरसियर निर्मल देउवाले बताए   ‘उहाँले समय मागेपछि १५ दिनका लागि घर खालि गर्न कागज बनाएर समय दिइएको , देउवाले भने, ‘सो समयमा घर खालि नभए उप महानगर आफै घर भत्काउने

जोशी लगायत केही घर धनिले सडक विस्तारको काम रोक्न माग गर्दै सर्बोच्चमा रिट दायर गरेका थिए हाल सम्म सर्बोच्चले सो रिट माथी सुनुवाई भने गरेको छैन

सडक निर्माण अभियानमा बजार क्षेत्रका अन्य घर धनिले पनि आफ्ना संरचना आफै खालि गरेर घर भत्काई दिन भन्दै निवेदन दिन थालेका इन्जिनियर देउवाले बताए बजार क्षेत्रका अरु जना घर धनिले पनि घर भत्काइदिन निवेदन दिएका छन्, इन्जिनियर देउवा भने, ‘उनीहरुको सहयोगका कारण काम गर्न सजिलो भएको

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले मुख्य  सडक धेरै पुरानो, मुख्य कार्यालयहरु बजार भएका कारण जाम हुने भएकोले  शहरको  सहज आवतजावत सुविधाका लागि सडक चौडा पार्ने काम शुरु गरिएको बताए  

इन्जिनियर देउवाका अनुसार हाल सम्म सडकको क्षत्राधिकार भित्र पर्ने संसचना खालि गर्ने क्रममा सेती प्रादेशि अस्पतालका व्यापारिक सटक, वाणिज्य कार्यालयको पर्खाल, लक्ष्मीनाराण मन्दिरको व्यापारिक सटर, त्रिनगर माविको व्यापारिक सटर, बाल मन्दिरको व्यापारिक सडक, पशुपति मन्दिरका सटर भत्काईएका छन्

धनगढी उप महानगरपालिकाले मुख्य सडक (कैलाली पुल देखि क्याम्सप रोड सम्म) ३० मिटरको सडक निर्माण गर्न थालेको त्यसका लागि सडकको दायाँ बायाँ १५१५ मिटर क्षेत्र भित्र पर्ने भौतिक संरचना खालि गरिरहेको

धनगढीको मुख्य सडक कैलाली पुल देखि क्याम्पसरोडसम्मको सडक ३० मिटर चौडा बनाउने योजना सहित उप महानगरले सो क्षेत्र भित्र पर्ने संरचना हटाउन भदौ १३ गते सूचना जारी गरेको थियो यही कात्तिक १६ गते देखि उप महानगरले सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना खालि गर्न थालेको हो

धनगढी उप महानगरपालिकाले मुख्य बजार क्षेत्र (कैलाली पुल देखि क्याम्पसरोड) सम्मको सडक निर्माणका लागि डिपिआर तयार गरिरहेको सडकको क्षत्र दुई हजार तीन सय मिटर लम्बाई ३० मिटर चौडाई बनाउने गरी धनगढीले डिपिआर तयार गरिरहेको डिपिआरको प्रारम्भिक विवरण अनुसार लेनमा बन्ने सडकको मध्य भागमा ३० सीएम सम्मको ट्राफिक सेक्रेटरी लाईन राखिने

त्यसैगरी दाँया बाँया डेढडेढ मिटरको साइकल लेन हुने साईकल लेनपछि फुटपाथ नाला हुने जस्को चौडाई दुई देखि मिटरको हुने डिपिआर निर्माण सीभिल इन्जिनियरिङ रिसर्च एण्ड कन्सल्ट प्रालि ललीतपुरले गरिरहेको प्रारम्भिक प्रतिवेदन अनुसार सडक निर्माणका लागि कम्तिमा ३७ करोड बजेट आवश्यक पर्ने देखिएको