धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

५५ जना मात्रै मतदाता

५५ जना मात्रै मतदाता

धनगढी बाजुरको अति दुर्गम क्षेत्रमा पर्ने गुम्बागाउँ मतदान केन्द्रमा ५५ जना मात्रै मतदाता रहेका छन्

स्थानीय तहको निर्वाचनमा सो मतदान केन्द्रमा मतदान गर्नेको संख्या ६० रहेको भएपनि यस पटकको निर्वानमा भने जनाको मृत्यु भएपछि ५५ जनाले मात्रै मतदान गर्ने छन्

जिल्ला निर्वाचन कार्यलय बाजुराका प्रमुख नबराज भण्डारीका अनुसार बाजुरमा सवै भन्दा कम मतदाता भएको मतदान केन्द्र गुम्बागाउँ हो

जिल्लाका ७० ओटा मतदान केन्द्रका सय १२ ओटा मतदान स्थलहरु रहेका छन् बाजुरामा सबैभन्दा कम मतदाता ५५ जना गुम्बा गाउँको मतदान केन्द्रमा रहेको जिल्ला निर्वाचन कार्यलय बाजुराले जनाएको

बाजुराको सर्वाधिक बिकटमा रहेको यो गाउँमा २०७४ सालको स्थानीय चुनावमा मतदान केन्द्र स्थापना भएको थियो गुम्बा गाउँमा रहेको हिमाल भक्ति आधारभुक्त बिद्यालयमा मतदान केन्द्र रहेको २०७४ सालको पहिलो चरणको स्थानीय चुनाव अगाबै सो स्थगानका नागरिकलाई असहज भएको गुनासो आएको थियो निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यलय बाजुरालाई तत्काल मतदान केन्द्र स्थापना गर्न निर्देशन पछि मतदान केन्द्र स्थापना भएको हो

गुम्बा गाउँका बासिन्दाले गाउँमै मतदान केन्द्र स्थापना भएपछि तेस्रो पटक मतदान गर्ने भएका छन् गुम्बा गाउँका ८५ बर्षिय छिरिङ्ग धोर्चे लामा गाउँमै मतदान केन्द्र स्थापना पछि तेस्रो पटक मतदानमा सहभागि हुने भएका छन् गाउँमा मतदान केन्द्र नहुदा उनि २०७४ सालको स्थानिय चुनाव पहिला मतदान बाट बञ्चित हुदै आएका थिए