धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

उम्मेदवार भोट माग्न, किसान मल खोज्न व्यस्त

उम्मेदवार भोट माग्न, किसान मल खोज्न व्यस्त

धनगढी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन आउन दिन मात्रै बाँकी रहँदा उम्मेदवार मत माग्न व्यस्त छन् भने किसान हिउँदे बाली लगाउदा आवश्यक पर्ने रासायनिक मल खोज्न व्यस्त बनेका छन्

हिउँदे बाली लगाउने समय भइसके पनि रासायनिक मल नपाएका किसान मलको खोजीमा हरेक सहकारीमा धाउन थालेका हुन् सहकारीमा कतिबेला मल आउँछ, थाहै हुँदैन धनगढी का हेमराज उपाध्यायले भने, ‘त्यसैले दैनिक सहकारी धाउने गरेको छु, यति गर्दा पनि मल भने पाउन सकेको छैन उनले घरमा मत माग्न आउने उम्मेदवारलाई मलको कुरा गर्दा हामी सरकारमा गएपछि दिन्छौं भन्ने गरेको बताए

भोट माग्न आउने उम्मेदवारलाई मलको कुरा सुनाउँदा हामीलाई जिताएर पठाउनुस् त्यसपछि प्रयाप्त मल दिन्छौं भन्ने जवाफ आउने गरेको उनले भने, ‘तर हामीलाई यसपालीको खेती कसरी गर्ने भन्ने चिन्ता , त्यसैले दैनिक मलको खोजीमा धाईरहेका छौं

हरेक निर्वाचनमा नेताहरुले मल दिन्छौं भनेर वाचा गर्ने गरेका भए पनि अहिलेसम्म सजिलै मल कहिलैं नपाइएको धनगढी कै सुन्दरे रानाले बताए बिहीबार मलको खोजीमा कृषि सामाग्री केन्द्र धनगढीको कार्यालयमा पुगेका उनले भने, ‘चुनाव अघि जे पनि गर्न तयार छौं भन्ने नेता चुनावपछि फर्केर आउँदैनन्, नेताले बर्ष अघि बोलेका कुरा पुरा नगर्दा हाम्रा समस्या बर्ष अघि जस्ता थिए अहिले पनि त्यस्तै छन्

मलकै कारण ढिला गरी धान रोपेका कारण उब्जनी नभएको उनको भनाई मल पाइएला भन्ने आसामा असार मसान्त सम्म धान रोपेनौं, उनले भने, ‘नपाइने निश्चित भएपछि ढिला गरी धान रोप्दा यसपटक उब्जनी पनि राम्रो भएको छैन, हिउँदेबालीका लागि पनि मल पाइन्छ की पाइदैन थाहा छैन

 

धनगढी स्थित केदार कृषि सहकारी संस्थाका व्यवस्थापक सुन्दर धामीले मागे जति मल नपाउँदा किसानलाई खालि हात फर्कनु परिरहेको बताए प्रत्येक सिजनमा देखि सय क्वीन्टल मल माग हुने गरेकोमा कृषि सामाग्री केन्द्रबाट डेढ सय क्वीन्टल भन्दा बढी मल कहिल्यै नपाएको उनले बताए

हामीसंग आबद्ध शेयर सदस्य मध्य अधिकांस किसान छन्, उनले भने, एक सिजनमा उनीहरुले ७।८ सय क्वीन्टल मल माग्ने गर्दछन्, तर अहिलेसम्म डेढ सय क्वीन्टल भन्दा बढी मल कहिल्यै पाएका छौं, यसले गर्दा धेरै किसानलाई रितै हात फर्काउनु परिरहेको

मागको आधा मल पनि आएन मल

धनगढी सुदूरपश्चिममा मागको आधा मल पनि आयात भएको छैन

गहुँका लागि सुदूरपश्चिममा १२ हजार भन्दा बढी डीएपि मल आवश्यक पर्ने गरेको भए पनि सरकारले हालसम्म दुई हजार सय ४० मेट्रिक टन मल मात्रै पठाएको

नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मल सुदूरपश्चिममा कृषि सामाग्री केन्द्र लिमिटेड साल्ट ट्रेडिङ कर्पोरसन लिमिटेड मार्फत वितरण हुने गरेको

दुई संस्था मध्य साल्ट ट्रेडिङमा अहिलेसम्म डीएपि भित्रिएको छैन भने कृषि सामाग्री केन्द्रमा दुई हजार सय ४० मेट्रीक टन मल मात्रै आयात भएको

हजार मेट्रीक टन मल आउने भन्ने सूचना प्राप्त भएको , कृषि समाग्री केन्द्र लिमिटेड प्रदेश कार्यालय धनगढीका स्टोरकिपर रुपक बहादुर कुँवरले भने, ‘त्यसमध्य अहिलेसम्म हजार सय ४० मेट्रीक टन मल मात्रै भित्रिएको , भित्रिएको मल वितरण भइसकेको कृषि सामाग्री केन्द्र लिमिटेडमा असारमा डीएपि आएको थिएन

साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय धनगढीका सूचना अधिकारी रामचन्द्र जोशीले अहिलेसम्म डीएपी नआएको बताए नेपाल भित्रिएको कुल मलको प्रतिशत मल सुदूरपश्चिमका लागि पठाइने गरिएको भए पनि यस पटक भने हालसम्म डीएपी नआएको उनले बताए

अहिले डीएपी मलको माग भइरहेको , उनले भने, ‘तर केन्द्रले अहिलेसम्म पठाएको छैन, मल कहिले आउँछ भन्ने कुनै सूचना पनि प्राप्त भएको छैन

साल्ट ट्रेडिङमा हालसम्म दुई हजार सय ९४ दशमलव ८० मेट्रीक टन यूरिया भित्रिएकोमा सो मल सहकारीलाई वितरण भइसकेको उनले बताए जम्मा यूरिया मध्य एक हजार सय ९५ मेट्रीक टन मल धनगढी, सय ३९ मेट्रीक टन कञ्चनपुर तीन सय मेट्रीक टन पहाडी जिल्लामा पठाइएको उनले बताए