धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
सडक चौडा पार्ने धनगढी उपमहानगरको अभियान

दुई निजी सहित ५ संरचना भत्काइए

दुई निजी सहित ५ संरचना भत्काइए
फाइल फोटो

धनगढी धनगढी उप महानगरपालिकाको सडक फराकिलो बनाउने अभियान अन्तरगत शुक्रबार दुई निजी भवन, दुई वटा सरकारी कार्यालयका भवन तथा पर्खाल एउटा संस्थागत कार्यालयको भवन भत्काइएका छन्

धनगढी उप महानगरपालिकाले मुख्य सडक (कैलाली पुल देखि क्याम्सप रोड सम्म) ३० मिटरको सडक निर्माण गर्न थालेको त्यसका लागि सडकको दायाँ बायाँ १५१५ मिटर क्षेत्र भित्र पर्ने भौतिक संरचना खालि गरिरहेको

धनगढी उप महानगरपालिकाका ओभरसियर निर्मल देउवाका अनुसार शुक्रबार सडकको क्षेत्राधिकार भित्र आफ्नो भवन परेपछि धनगढी स्थित सेतोपुलमा रहेका शिव रानाले सहयोग मागेपछि उपमहानगरपालिकाले डोजर लगाएर सटर भत्काएको धनगढीको सडक निर्माण गर्ने अभियानमा साथ दिन भन्दै उनले भाडामा दिएको सटर खालि गरेर स्वेच्छाले भत्काउन दिएको ओभरसियर देउवाले बताए

ओभरसियर देउवाका अनुसार धनगढी कै क्याम्पसरोडमा सडकको क्षेत्राधिकार मिचेर बनाइएको एउटा निजी घरमा पनि डोजर लगाइएको

उप महानगरले शुक्रबार नै कैलाली जनपुस्तकालयको व्यापारिक सटक पनि भत्काएको यसैगरी जिल्ला हुलाक कार्यालयको टिकट घर पर्खाल, डिभिजन वन कार्यालय धनगढीको पर्खालमा समेत डोजर लगाइएको

धनगढी उप महानगरपालिकाको सडक निर्माण कार्यमा सघाउन बिहीबार एलएनचौकका गम्भीरसिंह वम छबिराज पन्तले पनि स्वेच्छाले घर खालि गरेर भत्काउन लगाएका थिए

बिहीबार नै उप महानगरले मुख्य सडकमा रहेको आनन्द जोशीको घरमा बल प्रयोग गरी भत्काउने प्रयास गरे पनि जोशीले घर खालि गर्न १५ दिनको समय मागेका थिए जोशी लगायत केही घर धनिले सडक विस्तारको काम रोक्न माग गर्दै सर्बोच्चमा रिट दायर गरेका थिए

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले मुख्य  सडक धेरै पुरानो, मुख्य कार्यालयहरु बजार भएका कारण जाम हुने भएकोले  शहरको  सहज आवतजावत सुविधाका लागि सडक चौडा पार्ने काम शुरु गरिएको बताए  

ओभरसियर देउवाका अनुसार हाल सम्म सडकको क्षत्राधिकार भित्र पर्ने संसचना खालि गर्ने क्रममा सेती प्रादेशिक अस्पतालका व्यापारिक सटक, वाणिज्य कार्यालयको पर्खाल, लक्ष्मीनाराण मन्दिरको व्यापारिक सटर, त्रिनगर माविको व्यापारिक सटर, बाल मन्दिरको व्यापारिक सडक, पशुपति मन्दिरका सटर भत्काईएका छन्

धनगढीको मुख्य सडक कैलाली पुल देखि क्याम्पसरोड) सम्मको सडक ३० मिटर चौडा बनाउने योजना सहित उप महानगरले सो क्षेत्र भित्र पर्ने संरचना हटाउन भदौ १३ गते सूचना जारी गरेको थियो यही कात्तिक १६ गते देखि उप महानगरले सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना खालि गर्न थालेको हो

धनगढी उप महानगरपालिकाले मुख्य बजार क्षेत्र (कैलाली पुल देखि क्याम्पसरोड) सम्मको सडक निर्माणका लागि डिपिआर तयार गरिरहेको सडकको क्षत्र दुई हजार तीन सय मिटर लम्बाई ३० मिटर चौडाई बनाउने गरी धनगढीले डिपिआर तयार गरिरहेको डिपिआरको प्रारम्भिक विवरण अनुसार लेनमा बन्ने सडकको मध्य भागमा ३० सीएम सम्मको ट्राफिक सेक्रेटरी लाईन राखिने

त्यसैगरी दाँया बाँया डेढडेढ मिटरको साइकल लेन हुने साईकल लेनपछि फुटपाथ नाला हुने जस्को चौडाई दुई देखि मिटरको हुने डिपिआर निर्माण सीभिल इन्जिनियरिङ रिसर्च एण्ड कन्सल्ट प्रालि ललीतपुरले गरिरहेको