धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024
सडक चौडा पार्ने धनगढी उप महानगरको अभियान

आफै घर भत्काउने घरधनी बढ्दै

आफै घर भत्काउने घरधनी बढ्दै

धनगढी बजार क्षेत्रको सडक चौडा बनाउन धनगढी उप महानगरपालिकाले थालेको अभियानमा साथ दिएर घर भत्काउन दिने घर धनिको संख्या बढ्न थालेको

धनगढी उप महानगरपालिकाले कैलाली पुल देखि क्याम्पसरोड सम्मको सडक ३० मिटर बनाउन सडकको दायाँबायाँ भागको १५१५ मिटर क्षेत्र खालि गरिरहेको

उप महानगरको सो योजनामा आइतबार थप एक जना घर धनिले आफै घर खालि गरी संरचना भत्काउन दिएका छन्

धनगढी उप महानगरपालिकाका ओभरसियर निर्मल देउवाका अनुसार आइतबार धनगढी एल.एनचौक स्थित प्रेमराज पाण्डेले पनि आफ्नो घर भत्काउन दिएका छन् पोण्डेले यस अघि क्षेतिपुर्तिको माग गर्दै सर्बोच्चमा रिट दायर गरेका भएपनि आइतबार स्वइच्छाले घर भत्काउन दिएको ओभरसियर देउवाले बताए

आइतबार नै धनगढी उप महानगरपालिकाले जिल्ला प्रशासन अगाडी खानेपानीको जग्गामा निर्माण गरिएका टहरा बल प्रयोग गरी भत्काएको

धनगढी उप महानगरपालिकाका ओभरसियर निर्मल देउवाका अनुसार शुक्रबार सडकको क्षेत्राधिकार भित्र आफ्नो भवन परेपछि धनगढी सेतोपुल स्थित शिवरानाले आफ्नो सटर भत्काउन दिएका थिए धनगढीको सडक निर्माण गर्ने अभियानमा साथ दिन भन्दै उनले भाडामा दिएको सटर खालि गरेर स्वइच्छाले भत्काउन दिएका हुन्

त्यसैगरी धनगढी उप महानगरपालिकाको सडक निर्माण कार्यमा सघाउन भन्दै बिहीबार एलएनचौकका गम्भीरसिंह वम छबिराज पन्तले पनि स्वइच्छाले घर खालिगरेर भत्काउन दिएका थिए

बिहीबार नै उप महानगरले मुख्य सडकमा रहेको आनन्द जोशीको घरमा बल प्रयोग गरी भत्काउने प्रयास गरे पनि जोशीले घर खालि गर्न १५ दिनको समय मागेका थिए जोशी लगायत केही घर धनिले सडक विस्तारको काम रोक्न माग गर्दै सर्बोच्चमा रिट दायर गरेका थिए हाल सम्म सर्बोच्चले सो रिट माथी सुनुवाई भने गरेको छैन

धनगढी उप महानगरपालिकाले शुक्रबार धनगढी उप महानगरपालिकाले क्याम्पसरोड स्थित सडकको क्षेत्राधिकार मिचेर बनाइएको एउटा निजी घरमा पनि डोजर लगाइएको थियो

उप महानगरले शुक्रबारनै कैलाली जनपुस्तकालयको व्यापारिक सटक पनि भत्काएको यसैगरी सरकारी कार्यालय तर्फ हुलाक कार्यालयको टिकट घर पर्खाल, डिभिजन वन कार्यालय धनगढीको पर्खालमा समेत डोजर लगाइएको

सडक निर्माण अभियानमा बजार क्षेत्रका अन्य घर धनिले पनि आफ्ना संरचना आफै खालि गरेर घर भत्काई दिन भन्दै निवेदन दिन थालेका ओभरसियर देउवाले बताए