धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

पहिलो पटक मतदान गर्ने मतदातामा उत्साह

पहिलो पटक मतदान गर्ने मतदातामा उत्साह

सिबि चौधरी

धनगढी कैलालीको बर्दगोरिया गाउँपलिका की सोनि मगर पहिलो पटक मतदानमा सहभागि हुन पाउँने भएपछि खुशी छन्

नागरिकता लगेसंगै मतदाता परिचय पत्र पाएकि उनलाई मंसिर मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मतदान गर्ने रहर जागेको हो मतदान गर्न आतुर , मंसिर आउने दिन गन्दैछु, उनले भनिन्, ‘पहिलोपटक मतदान गर्न पाउँदा खुशी लागेको मतदान आफ्नो देश बनाउन राम्रो प्रतिनिधि छान्ने अवसर भएको उनले बताइन्

देशका लागि कस्तो नेता छान्ने भन्ने अधिकार हामी मतदातामा हुनेरहेछ, उनले भनिन्, ‘त्यसैले मेरो मत योग्य उम्मेदवारलाई दिने छु, अव आफ्नो देश बनाउने मानिस छान्न मेरो पनि भूमिका हुने पछि सांसदले काम गरेन भनेर गालि गर्नुभन्दा अहिलेनै बुद्धि पु¥याएर योग्य सक्षम व्यक्ति छान्नु उपयुक्त हुने उनको भनाई

गोदावरी नगरपालिका खानेपानी टोलका नविन बोहरा पनि पहिलो पटक मतदान र्गे अवसर पाउँदैछन् पहिलो पटक मतदान गर्ने अवसर पाएको हुँदा यो निर्वाचनमा सहभागि हुनका लागि उत्साहित भएको छु, उनले भने, ‘यस अघि बाहिर बाट निर्वाचनको दृश्य हेर्दै आएको थिए, अव आफै भोट हालेर चाहेको उम्मेदवारलाई विजयी गराउन भुमीका खेल्ने छु उनले दल प्रति भने वितिष्णा रहेको बताए

अहिले सम्म सवै राजनीतिक दलको गतिविधि हेर्दा कसैले पनि जनताको पक्षमा निस्वार्थ भावनाले काम गरेको देखिएन, उनले भने, ‘दलहरु देश जनताको हितलाई ख्याल नगरेर काम गरिरहेका छन्, त्यसैले उनिहरुबाट धेरै अपेक्षा गरेको छैन, तर पनि एउटा योग्य उम्मेदवारलाई जिताउन आफ्नो अमुल्य मतदान गर्ने छु

गोदावरी कै भागरथी विष्ट पनि पहिलो पटक मतदान गर्न पाउने भएकिछन् उम्मेर ३६ बर्ष पुगिसकेको भएपनि नागरिकता बनाउन ढिलाई भएका कारण यस अघिका धेरै निर्वाचनमा मतदान गर्न नपाएको उनले बताइन् पटक चुनाव भएको मात्रै देखेकी थिए, उनले भनिन्, ‘सवै भोट हाल्न जाँदा आफुलाई न्याश्रो लाग्ने गरेको थियो, यस पटक आफु पनि मतहाल्न पाउने भएपछि मतदान गर्न आतुर भएकिछु, मंसिर कहिले आउला जस्तो लागेको

उनले मतदान प्रक्रियाका बारेमा भने जानकारी नभएको बताइन यस अघि मतदान कहिल्यै नगरेका कारण कसरी मतदान गर्नेहो भन्ने जानकारी छैन, उनले भनिन्, ‘गाउँघरमा आउने दलहरुले आफ्नै मतपत्रमा मतदान गर्नुहोला भनेर गएका छन्, ‘तर कसरी मतदान गर्नेहो भन्ने बारेमा कसैले सिकाएका छैनन्, त्यसैले अन्यौलमा छु

मतदाता शिक्षा नपाउँदा आफुमात्र अन्यौलमा नभई यस अघि मतदान गरेका अन्य मतदाता पनि अन्यौलमा रहेका उनले बताइन् हरेक पटकको चुनावमा मतदान गर्ने सैलि फरकफरक हुने भएका कारण यस पटक कसरी मतदान गर्नेहो भन्ने बारेमा खास गरी यहाँका महिला अन्यौलमा परेका छन्, उनले भनिन्, ‘अहिले सम्म कसैले मतदान प्रक्रियाका बारेमा सिकाएका पनि छैनन, अव मतदान स्थलमै सिकेर मत हाल्ने योजना बनाएका छौं

धनगढी का अरुण महराले आफुले चाहेको मान्छेलाई पहिलोपटक मत हाल्न पाउनेभएपछि खुशी लागेको बताए २०७४ यही बैशाख ३० गते सम्पन्न निर्वाचनमा आफुले मनपरोको उम्मेदवारको प्रचार मात्रै गरेको थिएं, उनले भने, ‘तर मत हाल्न पाएको थिएन, अहिले मैलेनै मतदाता परिचय पत्र प्राप्त गरेपछि चाहेको उम्मेदवारलाई जीताउन एक मत दिन पाउने भएको छु

मंसिर गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि कैलालीमा बैशाख ३० गते पछि साढे ११ हजार मतदाता थपिएका छन् वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा कैलालीमा मतदाताको संख्या लाख २५ हजार एक सय २५ रहेको थियो बैशाख ३० गते पछि थप ११ हजार चार सय ३० नयाँ मतदाता थपिए संगै मंसिर मा कैलाली बाट लाख ३६ हजार सय ५५ मतदाताले मतदानमा भाग लिने छन् निर्वाचन आयोगले बैशाख ३० गते देखि साउन १९ गते सम्म नयाँ मतदाता परिचय पत्र वितरण गरेको थियो

मंसिर गते हुने निर्वाचनका लागि कैलालीमा एक मतदान केन्द्र थपिएको एक मतदान केन्द्र थपिएपछि कैलालीमा सय ३७ मतदान केन्द्र रहनेछन्