धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

मौन अवधि आज राति देखि

मौन अवधि आज राति देखि

धनगढी आइतबार हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवाहरुले आज राति १२ बजे पछि मौन अवधि सुरु हुने छ ।

निर्वाचन अयोगको कार्यतालिका अनुसार आज राति १२ बजे पछि उम्मेदवारले मतदातालाई मत माग्न चुनावि सभा गर्न पाउने छैनन्  

आयोगले आचारसंहिताले निषेध गरेका कुनै पनि गतिविधि नगर्न/नगराउन राजनीतिक दल, उम्मेदवार नागरिकलाई सचेत गराएको

आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने ४८ घण्टा अघिदेखि चुनाव प्रचारप्रसारलगायत गतिविधि सञ्चालनमा निर्वाचन आचारसंहिता ०७९ ले निषेध गरेकाले त्यस्तो कार्यमा संलग्न नहुन आयोगले सचेत गराएको हो

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान केन्द्रबाट सय मिटर वरिपरि कुनै पनि दल वा उम्मेदवारको प्रचारप्रसार सामग्री भए तत्काल हटाउनुपर्ने, चुनावको वातावरण बिथोलिने कुनै पनि किसिमको सभा, सम्मेलन, भोजभतेरलगायत कार्यलाई पूर्ण रूपमा निषेध गरिएको बताए

यस्तै, सामाजिक सञ्जाल, अनलाइन वा अन्य कुनै पनि छापाबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि सन्देश, सूचना, प्रसारण तथा सामग्री पोस्ट गर्ने, सेयर गर्ने, लाइक गर्ने, कमेन्ट गर्नेलगायतका सबै कुराहरू निषेध गरिएको

यस्तै, आयोगले चुनावको मौन अवधि अर्थात् ४८ घण्टा अघि देखि मतगणना कार्य पूरा नभएसम्म जाँडरक्सी बिक्रीविवरण गर्ने तथा खाने कामलाई निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको