धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

आचारसंहिता उल्लङ्घन गर्ने ७ म्यादि प्रहरी बर्खास्त

आचारसंहिता उल्लङ्घन गर्ने ७ म्यादि प्रहरी बर्खास्त

धनगढी । निर्वाचन सुरक्षाका लागि खटाइएका मध्य सुदूरपश्चिमका ७ जना म्यादी प्रहरी बर्खास्तमा परेका छन् ।
प्रहरीका अनुसार ड्युटिका वेला आचारसंहिता विपरित काम गरेको पाइएपछि ती म्यादी प्रहरीलाई बर्खास्त गरिएको हो ।
प्रहरी प्रधान कार्यालयका प्रब्क्ता एवं प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईका अनुसार कात्तिक २९ गतेसम्म सुदूरपश्चिमका ७ सहित देशभरबाट ९० जना म्यादि प्रहरीलाई बर्खास्त गरिएको छ  । बर्खास्तमा पर्ने मध्य ८९ जना पुरुष र एक महिला म्यादी प्रहरी रहेका छन् ।