धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

मतदान गर्न भारतबाट फर्केका नेपाली भन्छन् : प्रलोभनमा पर्दैनौं, योग्यलाई जिताउँछौं

मतदान गर्न भारतबाट फर्केका नेपाली भन्छन् : प्रलोभनमा पर्दैनौं, योग्यलाई जिताउँछौं

धनगढी । आइतबार हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मतदान गर्न भारतबाट फर्केका नोपलीले श्रमिकका समस्या बुझ्ने योग्य उम्मेदवारलाई भोट दिने बताएका छन् ।

आफ्नो देश बनाउन योग्ये नेता छान्ने अवसर रहेको भन्दै नेपालीहरु भारतमा पाएको रोजगारी छोडेर मतदानका लागि नेपाल आएको बताएका छन् ।

देशको भविश्य निर्धारण निर्वाचनले गर्ने गर्दछ,’ भारतको कर्नाटकबाट स्वदेश फर्केका डोटीको बोगटान फूडलिस गाउँपालिका३ का धर्म विनाडीले भने, ‘अहिले योग्य नेतालाई जिताएर पठाए सन्ततीले शुःख पाउनेछन् भन्ने सोचेर रोजगारी छोडी मतदान गर्न आएका हौं ।

उनले निर्वाचनमा उम्मेदवारहरुले विभिन्न प्रलोभन देखाएर चुनाव जित्नेगरेको भन्दै अव सवै मतदाता सचेत हुनुपर्ने बताए । ‘स्पष्ट भिजन भएका र काम गर्न सक्ने नेता पनि निर्वाचनमा पछाडी पर्ने र मतदातालाई झुट्टा आस्वासन दिएर नराम्रा मान्छेलेपनि चुनाव जित्ने गरेका देखिन्छन्,’ उनले भने, अव सवै मतदाताले प्रलोभनका आधारमा नभई व्यक्तिको योग्यता हेर्नुपर्छ, अनि मात्रै देश र हाम्रो ठाउँको बिकास हुन सक्दछ ।

भारतबाट फर्कने क्रममा बिहीबार गौरिफण्टा नाकामा भेटिएका कैलालीको लम्कीचुहा नगरपालिका५ का गगन सिंहले पनि आइतबार हुने निर्वाचनका लागि मतदान गर्न आफु सहित १४ जना स्वदेश फर्केको बताए । दुई महिनाअघि मात्रै मजदूरीका लागि भारतको सिमला पुगेका सिंहले भातर गएको छोटो समयमै मतदानका लागि स्वदेश फर्केको बताए ।

उनले भारत गएर कडा परिश्रम गर्ने मज्दुरका पिडा बुझ्ने उम्मेदवारलाई मतदान गर्ने बताए । ‘यस पटक राम्रो क्षमता भएको शिक्षत व्यक्तिलाई जिताउन आफ्नो अमुल्य मत दिने निर्णय गरेको छु,’ उनले भने, ‘जस्ले स्वदेश जाने युवालाई स्वदेशमै रोजगारी दिने व्यवस्था पनि गर्न सकोस् ।

उनले स्वदेशमै रोजगारी सिर्जना गर्ने दल र तिनका उम्मेदवारलाई जिताउनुर्नेमा जोड दिए । ‘चुनावमा स्वदेश आएपनि रोजगारकिा लागि फेरि भोट हालेर भारत जानुपर्ने हाम्रो नियती छ,’ उनले भने, ‘देशको व्यवस्था फेरिए पनि मजदूरी गर्नेको अवस्थामा कुनै खालको सुधार आएन्, अव जस्ले मज्दुरका बारेमा बुझेको छ, उसैलाई मतदान गर्ने सोच बनाएको छु । उनले आफू लामो समयदेखि भारतमा मजदूरी गरेर जीविका चलाउँदै आएको बताए ।

भारत देहरादुनबाट स्वदेश फर्केका कञ्चनपुरको पुनर्वास नगरपालिका१० का रवि तामाङले नेताका गफका आधारमा नभई उनिहरुको विगत हेरेर भोट दिने बताए । ‘विगतमा हामीले राम्रो मान्छे चिन्न सकेनौं,’ उनले भने, ‘जस्का कारण हामीले अझै भारतमा गएर मज्दुरी गर्नुपर्ने बाध्यता आएको छ, अव त्यो गल्ति गर्नेछैनौं, काम गर्न सक्ने क्षमता भएका उम्मेदवारलाई जिताउने छौं ।

स्वदेशमा रोजगारीका अवसर नभएका कारण परिवार पाल्न बीस वर्षदेखि भारतमा गएर मज्दुरी गर्नेगरेको उनले सुनाए । ‘यहाँकाले केही गर्दैनन्, भोट हालेर फेरि जाने त उतैहो,’ उनले भने, ‘तर राम्रो मान्छेलाई जिताउँदा हाम्रा सन्ततिले भारत जानुपर्ने बाध्यताको अन्त्य हुन्छकी भन्ने लागेको छ, त्यही आशामा भारतको रोजगारी छोडेर मतदान गर्न आएको हुँ ।

उनले निर्वाचनका बेला मात्रै पार्टी र उम्मेदवारले जनताको घरदैलोमा पुगेर आश्वासन बाँडे अनुसारको काम नभएको बताए । ‘हामी महिला मान्छे देहरादुनमा काम गरेर बच्चा पढाइरहेका छौँं,’ उनले भने, ‘यो हाम्रो रहर नभइ बाध्यता हो ।

उनीसँगै देहरादुनबाटै मतदान गर्न १६ दिनको बिदामा आएका कोहलपुरका गगन रानाले जनप्रतिनिधिले जन भावनाअनुसार काम गर्न सुझाव दिए । ‘चुनाव जित्ने अनि लाभका पदका लागि आफन्त र नजिकालाई मात्रै हेर्नाले देशको विकास भएन,’ उनले भने, ‘प्रजातन्त्र देखि गणतन्त्र आइसक्दा सम्म मुलुकभित्र रोजगारीका सम्भावना खोजी नहुन दुखद् विषय हो । उनले निर्वाचनको मुखमा पनि युवा भारतलगायत तेस्रो मुलुक गइरहेको समाचार सुन्दा मन खिन्न हुने गरेको बताए ।

ठूलो श्रम गर्ने जनशक्ति विदेशमा पसिना बगाइरहेको छ,’ उनले भने, ‘यहाँ नेताहरुले काम कम गफ बढी दिएर मात्रै बसेको देखियो । सडक पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा क्रमिक रुपमा विकास हुँदै गए पनि युवा स्वरोजगार एवं मुलुकभित्रै आयआर्जन गर्ने योजना ल्याउन आवश्यक रहेको उनले बताए । ‘चुनावका बेला भोट माग्ने त्यसपछि जनताको पिर मर्का नबुझ्नेलाई यस पटक प्रतिनिधि चुन्दैनौंँ,’ रानाले भने, ‘गरिब र विपन्न समुदायको स्तर माथि ल्याउने खालका योजना र विचार भएका नेतालाई मत दिन्छौंँ ।

त्यसैगरी भारतको नयाँ दिल्लीबाट स्वदेश फर्किएका मदनराज पन्तले हाल सम्म जिताएर पठाएका सांसदले जनताको पक्षमा राम्रोक ाम नगरेको भन्दै आक्रोस व्यक्त गरे । ‘जुनसुकै नेताले जिते पनि हामीले भारतमा कामका लागि निर्भर रहनुपर्ने बाध्यता छ,’ उनले भने, ‘भारतमा मजदूरी गरेर घर खर्चका लागि मजदूरीदेखि बिरामी हुँदा उपचार गर्नसमेत भारत जानुपर्ने स्थिति छ ।

त्यस्तै नारायणगढको देवघाटका मनिराम भुजेलले सिमलाबाट सात महिना गाउँबस्तीमै रोजगारी दिनेलाई मतदान गर्ने योजना बनाएको बताए । सात महिनामा सिमलाबाट फर्किरहेका भुजेलले निर्वाचनपछि पुनः मजदूरीका लागि भारत फर्किने बताए । सीमा सुरक्षा प्रहरीका अनुसार चुनावि मिति नजिकिएपछि भारतबाट स्वदेश फर्कने नेपालीको चाप बढेको छ ।

सरकारले निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर बिहीबार राति  १२ बजेदेखि अन्तराष्ट्रिय सीमा नाका बन्द गरेको छ । गृह मन्त्रालयको निर्देशन पछि प्रशासनले सुचना जारी गर्दै निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सीमानाका बन्द गरेको हो ।