देउवा बिरुद्ध आयोगमा उजुरी

देउवा बिरुद्ध आयोगमा उजुरी

धनगढी निर्वाचन आचारसंहिता विपरित गतिविधि गरेको भन्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिरुद्ध उजुरी परेको

स्थिर समय सुरु भएपछि मङ्सिर गते प्रधानमन्त्री देउवाले डडेल्धुरास्थित रातो गुराँस रिसोर्टमा निर्वाचन आचारसंहिताको उल्लङ्घन गरी मतदाता प्रलोभनमा पार्नेकाम गरेको भन्दै  समाजवादी केन्द्र नेपालका नेता युवराज सफलले आयोगमा उजुरी दिएका हुन्

डडेल्धुरा जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मिति २०७९/०८/०२ गते बिहान ११ बजेको समयमा डडेल्धुरास्थित रातो गुराँस रिसोर्ट प्रालिमा निर्वाचन आचारसंहिताको मौन अवधिको व्यापक उलङ्घन गरी आम मतदातालाई बोलाई आश्वासन दिएका छन्, उजुरी पत्रमा भनिएको , देउवाले आर्थिक प्रलोभन दिँदै जनही हजारको दरले पैसा समेत बाँडेको भनी स्थानीय मतदाताले भनेको भन्ने समाचार आम सञ्चारमाध्यममा प्रकाशन/प्रसारणसमेत भएको तथा सञ्चारमाध्यममा प्रसारितरप्रकाशित भिडियोमा सयौँ जना मतदाताको भीड उल्लेखित रातो गुराँस रिसोर्ट प्रालिमा देखिएको हुँदा निर्वाचन आचारसंहिता विरुद्ध काम गर्ने उम्मेदवार शेरबहादुर देउवालाई हदैसम्मको कारबाही गर्न निर्वाचन आयोग नेपाल, कान्तिपथ समक्ष यो निवेदन इमेलमार्फत पेस गरेको छु


ट्रेन्डिङ