धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024
निर्वाचन आचारसंहित अनुगमन

आचारसंहिता उल्लंघन गर्ने दुई मन्त्रीलाई निर्वाचन आयोग तोक्यो जरिवाना

आचारसंहिता उल्लंघन गर्ने दुई मन्त्रीलाई निर्वाचन आयोग तोक्यो जरिवाना

काठमाडौं निर्वाचन आचारसहिता उल्लंघन गरेको ठहर गर्दै निर्वाचन आयोगले दुई मन्त्रीलाई जरिवानाको निर्णय गरेको निर्वाचन आचारसंहिता पालना नगरेको आरोपमा सहरी विकास मन्त्री मेटमणि चौधरी स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई आयोगले  जरिवाना गर्ने निर्णय गरेको हो

सहरी विकास मन्त्री मेटमणि चौधरीलाई २५ हजार रूपैयाँ  जरिवानाको निर्णय आयोगले गरेको निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मतदाता प्रभावित गरेको कसुरमा उनलाई आयोगले जरिवानाको निर्णय गरेको हो

मन्त्री चौधरीले बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित बनाउन खोजेको आयोगको ठहर चौधरीले आफ्नो क्षेत्रमा बाढी पीडितलाई राहत वितरण गर्ने भन्दै मतदाता प्रभावित पारेको बताइएको चौधरी दाङ  बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एसबाट उठेका छन्

यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई पनि आयोगले पाँच हजार हजार जरिवाना विभागीय कारबाहीको सिफारिस गरेको उनले निर्वाचन आचारसंहिता लागु भएपछि कर्मचारी सरुवा गरेको आयोगको ठहर उनीहरूलाई निर्वाचन आयोग ऐन अनुसार जरिवाना गरिएको निर्वाचन आयोगले जानकारी दिएको