धनगढी पोष्ट शुक्रबार, १८ पुष २०८२   January 2, 2026

आज  सुदूरपश्चिममा १६ लाख मतदाता मतदान गर्दै

आज  सुदूरपश्चिममा १६ लाख मतदाता मतदान गर्दै

धनगढी । आज बिहान सात बजेदेखि प्रतिनिधि सभा प्रदेश सभाका लागि निर्वाचन शुरु हुदैछ  प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि सुदूरपश्चिममा १६ लाख ५६ हजार चार मतदाताले आज मतदानमा भाग लग्न पाउने छन् जिल्ला रहेको सुदूरपश्चिममा प्रतिनिधि सभाका १६ प्रदेश सभाका ३२ निर्वाचन क्षेत्र छन्

प्रतिनिधि सभातर्फ कैलालीमा पाँच कञ्चनपुरमा तीन निर्वाचन क्षेत्र छन् पहाडी क्षेत्रका अछाममा दुई डोटी, बझाङ, बाजुरा, बैतडी, दार्चुला, डडेलधुरामा एक÷एक निर्वाचन क्षेत्र छन्
सुदूरपश्चिममा निर्वाचन सुरक्षाका लागि १७ हजार सय ५९ सुरक्षाकर्मी परिचलन गरिएका छन् ती मध्य ११ हजार पाँच सय ५९ म्यादी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी गरेर १७ हजार सय ५९ सुरक्षाकर्मी परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी भोला रावलले बताए

 सुदूरपश्चिममा दुई हजार एक सय ४६ मतदान केन्द्र निर्धारण गरिएका छन् ती मध्य सुरक्षाका दृष्टिले सात सय १० अति संवेदनशील, सात सय ७८ संवेदनशील सय ५८ मतदान केन्द्र सामान्य सूचिमा राखिएका छन्