धनगढी पोष्ट
आइतबार, ०४ मङि्सर २०७९ मा प्रकाशित
धनगढी । बाजुराको त्रिवेणि नगरपालिकामा विवाद उत्कर्षम पुगेपछि प्रहरीले गोलि चलाएको छ । बाजुराको त्रिवेणि नगरपालिकामा झडप हुँदा गोलिचलेको हो ।
गोलिलागेर एक जनाको मृत्यु भएको भन्ने समाचार आएपनि त्यसको पुष्टि नभएको सुदूरपशिचम प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एसएसपी भोलाबहादुर रावलले बताए ।
उनका अनुसार कांग्रेस र एमालेका कार्यकर्ता विच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो । झडपमा सर्वसाधारण र प्रहरी समेत घाइते भएको समाचार आएपनि पुर्ण विवरण नआएको सूचना अधिकारी रावलले बताए । ‘मिडियामा एकजनाको मृत्यु भएको भन्ने आएको छ,’ रावलले भने, ‘तर त्यहाँ अझैपनि झडप जारी रहेका कारण त्यसको पुष्टि हुन सकेको छैन, प्रहरीले गोलि भने चलाएको छ ।’कर्मचारीले समानुपातिक मत हाल्ने वेलामा झडप भएका कारण मतपेटिका र कर्मचारी भने सुरक्षित रहेको एसएसपी रावले जानकारी दिएका छन् ।
वडा नम्बर–७ का वडा अध्यक्ष जुद्ध बहादुर ऐडीले भने गोलि लागेर एकजानाको स्थानीय सुरेन्द्र ऐडीको मृत्यु भएको बताएका छन् । मृत्यु पछि स्थानीयले प्रशासन विरुद्ध नाराबाजि गरिरहेका उनले बताए ।