धनगढी पोष्ट
आइतबार, ०४ मङि्सर २०७९ मा प्रकाशित
काठमाडौँ । गृह सचिव विनोदप्रकाश सिंहले गृह मन्त्रालयले सुरक्षाकर्मीको संयमताले बाजुरामा ठूलो दुर्घटना हुनबाट जोगिएको बताएका छन् ।
मतदान केन्द्रमा मतपेटिका खोस्न थालेपछिको उत्पन्न परिस्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले संयमता अपनाउदापनि एक जनाको मृत्यु भएको र प्रहरी सहित केही व्यक्ति घाइते भएको गगृहसचिव सिंहले बताए ।
बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयको मतदान केन्द्रमा कांग्रेस र एमालेका काययकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रहरीले गोली चलाउँदास्थानीय सञ्जीव ऐडीको मृत्यु भएको थियो । आठ प्रहरी र आठ जना निर्वाचन कर्मचारीलाई घेराउ गरेर ढुङ्गामुढा गरी मतपेटिका खोस्न थालेपछि प्रहरीले बाध्य भएर स्थिति नियन्त्रणमा लिन खोज्दा गोली प्रहार गरेको बताए ।
उनले बाजुरा, सुर्खेत लगायत केही क्षेत्रमा मतदान स्थगित भएको र कतै दुई पक्षीय झडप, त कतै विवाद भएको जानकारी आएको पनि बताए । अन्य क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान भएको तर सबै जिल्लाको विस्तृत विवरण भने आउने क्रममा रहेको सचिव सिंहले जानकारी दिए ।