धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

घरमै गरिएको आक्रमणबाट बाजुरामा एक जनाको मृत्यु

घरमै गरिएको आक्रमणबाट बाजुरामा एक जनाको मृत्यु

 

अत्तरिया : बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकामा आइतबार घरमैअ ाक्रमण गरेर एक जनाको मृत्यु भएको छ । 

त्रिवेणी नगरपालिका ७ का चेतन एडीलाई घरमै गरिएको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । बाजुराका प्रहरी प्रमुख  डीएसपी सूर्य थापाले मतदानका क्रमम भएको विवादलाई लिएर रात गरिएको आक्रमणबाट गम्भीर घाइते भएका ऐडीको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको बताए ।

डीएसपी सूर्य थापा अनुसार वडा नम्बर ७ को नाटेश्वरी मतदान केन्द्रमा भएको विवादको विषयलाई लिएर अयडीमाथि आक्रमण गरिएको हो । अयडी नेकपा एमाले सम्बद्ध अनेरास्ववीयु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष हुन् । उनी बाजुरा क्याम्पसका स्ववियु सभापति समेत हुन् ।

 आइतबार मतदानका क्रममा एमाले र कांग्रेसका कार्यकर्ताबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय २५ वर्षीय सुरेन्द्र एडीको मृत्यु भएको थियो । उनी नेपाली कांग्रेस निकट हुन् ।