प्रतिनिधि सभा सदस्य मतगणना

सुदुपश्चिममा कांग्रेस र एमालेको प्रतिनिधि सभाका ५/५ स्थानमा अग्रता, समाजवादी र नागरिक उन्मुक्तिको २/२ ठाउँमा अग्रता

धनगढी प्रतिनिधि सभा तर्फ सुदूरपश्चिममा नेपाली कांग्रेस नेकपा एमालेले ÷ स्थानमा अग्रसरता लगेका छन् नागरिक उन्मुक्ति पार्टी दुई स्थानमा नेकपा एकीकृत समाजवादी दुई स्थानमा अग्रसरता  लिइरहेका छन्

 सुदुरपश्चिममा प्रतिनिधि सभाका १६  सदस्य  रहेकोमा  नागरिक उन्मुक्ति पार्टी एक सदस्यमा बिजयी भैसकेको   भने बाजुरामा मतदान नै पुरा भएको छैन     

बाजुरा बाहेक प्रदेशका सवै निर्वाचन क्षेत्रमा मतगणना सुरु भइसक्दा नेपाली कांग्रेसले अछाम, दार्चुला, डडेल्धुरा तथा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बरदुई तीनमा अग्रता लगेको त्यसैगरी नेकपा एमालेले बझाङ, बैतडी, कञ्चनपुर, कैलाली मा अग्रता लगेको

अछाम दुईमा नेपाली कांग्रेका पुष्प शाहले अग्रता लिइरहेका छन् भने शाहलाई नेकपा एमालेका यज्ञ बोगटीले पछ्याइरहेका छन् , डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा फराकिलो मतान्तरले  अग्रता लिइरहेका छन् देउवालाई बीपी कांग्रेसका  कर्ण मल्लले पछ्याइरहेका छन्

 दार्चुलामा मन्त्री एवम कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले  अग्रता  लगिरहेका छन्   २०७४ को चुनावमा बडुलाई पराजित गरेर सांसद बनेका गणेश सिंह ठगुन्ना यस पटक बडुलाई पछ्याइरहेका छन्

  कञ्चनपुर मा एनपी साउँद  शुरुदेखि नै अग्रता लगिरहेका छन्   सोही क्षेत्रबाट २०७४ मा निर्वाचित एमालेका नर बहादुर धामी  यसपटक शुरुदेखि नै एनपीलाई पछ्याइरहेका छन्

 कन्चनपुरकै क्षेत्र नम्बर मा कांग्रेसका रमेश लेखक  नेकपा एमालेकी निरु पाललाई पछि पार्दै अग्रता लगिरहेका छन्

बझाङमा एमालेका उम्मेदवार ऐनसिंह महर नेकपा एकीकृत समाजवादीका भानु जैशीलाई पछि पार्दै अग्रिता लिइरहेका छन्  

  त्यस्तै बैतडीमा एमालेका दामोदर भण्डारी अग्रता लगिरहेका छन् भने माओवादीका नरेन्द्र कुवर एमालेका भण्डारीलाई उछिन्ने प्रयासरत छन्

कञ्चनपुर क्षेत्र नम्बर मा तारा लामा तामाङ  नेकपा माओवादीकी बिना तामाङ फराकिलो मतान्तरले पछि पार्दै अग्रता गरिरहेका छन्

कैलाली मा एमालेका लेखराज भट्ट  कांग्रेसका बीर बहादुर बलायरलाई शुरुदेखि नै थोरै मतान्तरले अगाडी छन्

कैलालीकै मा एमालेका नारदमुनि रानाले अग्रता लगिरहेका छन् भने कांग्रेसका डिल्लीराज पन्त रानालाई पछ्याइरहेका छन्   स्वतन्त्र उम्मेदवार पुष्कर नाथ ओझा तेश्रो धेरै मत पाइरहेका छन्