धनगढी पोष्ट
बुधबार, ०७ मङि्सर २०७९ मा प्रकाशित
धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवा १२ हजार ४९२ मतान्तरका साथ डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा सातौं पटक सांसदका रुपमा विजयी भएका हुन् ।
आयोगका अनुसार प्रधानमन्त्री देउवाले २५ हजार ५३४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याएका छन् । नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याएर तेस्रो भएका छन् ।
डडेल्धुराको निर्वाचन अधिकृतको कार्यालले कूल खसेको मत ५१ हजार २०३ मध्ये ३ हजार १८७ मत बदर भएको जनाएको छ । प्रधानमन्त्री देउवा २०४८ सालदेखि लगातार डडेल्धुराबाट निर्वाचन जित्दै आएका छन् ।