धनगढी पोष्ट
बिहिबार, ०८ मङि्सर २०७९ मा प्रकाशित
धनगढी । कैलाली क्षेत्र नं ५ मा मा जारी मत गणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार डिल्ली राज पन्त साढे एक हजार मतले अगाडी रहेका छन् ।
कैलाली–५ मा २८ हजार चार सय ३७ मत गणना हुँदा पन्तले ९ हजार ४ सय ३० मत पाएका छन् ।
एमालेका उम्मेदवार नारदमुनि रानाको ८ हजार १ सय १० मत छ । राना भन्दा पन्त १ हजार ३ सय २० मतले अगाडि रहेका छन् ।
यसैगरी स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले ३ हजार ५ सय ८७ मत प्राप्त गरेका छन् ।
प्रदेश सभामा २ काँग्रेसका उम्मेदवार अगाडि छन् । नेपाली काँग्रेसका उम्मेदवार प्रकाशबहादुर देउवाको ५१५२ मत छ । एमालेका उम्मेदवार दुर्गा जोशीको ३१२२ मत छ ।
प्रदेश क्षेत्र नम्बर २ मा १४७४६ मत गणना सकिएको छ । यो निर्वाचन क्षेत्रको प्रदेश सभा १ मा पनि गठबन्धनका उम्मेदवार अगाडि छन् । क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार रमेश सिँह धामीले अग्रता लिएका हुन् । उनको ३६०८ मत छ । एमालेका उम्मेदवार नेपालु चौधरीको २०५२ मत छ । क्षेत्र नम्बर १ मा१३९२७ मत गणना सकिएको छ ।