धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

सरिता गिरीको संसद पद बर्खास्त

सरिता गिरीको संसद पद बर्खास्त

धनगढी,

   कालापानी लिपुलेक सहितको भूभाग समेटेर तयार पारिएको नक्सा पारित गर्न ल्याइएको संविधान संशोधन विधेयक फिर्ताका लागि संसद सचिवालयमा उजुरी दिएकि संघिय सांसद सरिता गिरीको संसद पद निलम्बन भएको

   सरकारी प्रस्ताव फिर्तालिन सचिवालयमा उजुरी दिएपछि चौतर्फि आलोचनामा परेकी संघिय सांसद सरिता गिरीलाई उनकै पार्टी समाजबादीले निलम्बन गर्ने निर्णय गरेको हो समाजवादी पार्टीको मंगलबार बसेको बैठकले उनलाई सांसद पार्टीको साधारण सदस्यबाट निष्कासित गरेको पार्टी प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेले बताए

   नक्साका लागि हुन लागेको संविधान संशोधन विधेयक फिर्ताका लागि संसद सचिवालयमा सांसद गिरीले प्रस्ताव दर्ता गराएपछि उनलाई असार गते बसेको पदाधिकारीको बैठकले स्पष्टीकरण सोधेको थियो स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएको कारण उनलाई कारवाही गरेको पाण्डेले बताए

   नयाँ नक्सा अनुसार निशान छाप परिमार्जनका लागि सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराएको थियो सो विधेयक फिर्ता लिनका लागि सांसद गिरीले जेठ २८ संसद सचिवालयमा प्रस्ताव दर्ता गराएकी थिइन्

   सरकारले प्रस्तुत गरेको संशोधन विधेयकमा स्रोत प्रमाण नखुलाएकाले विधेयकको दफा हटाउनुपर्ने माग उनले गरेकी थिइन् सो प्रस्ताव दर्ता गराएपछि उनको निकै आलोचना भएको थियो आलोचना भएपछि सांसद गिरीलाई समाजवादी पार्टी संसदीय दलबाट सो विधेयक फिर्ता लिनका लागि उनलाई निर्देशन दिएको थियो

   तर गिरीले सो विधेयक फिर्ता लिन नमानेपछि उनलाई स्पष्टीकरण सोधिएको थियो सो स्पष्टीकरणको जवाफ उनले असार १८ गते पार्टीमा बुझाएकी थिइन् स्पष्टीकरणमा उनले कारण भन्दा पनि उल्टै पार्टीलाई नै प्रश्न गरेकी थिइन्

   जसमा उनले आफ्नो प्रश्नको जवाफ दिएपछि मात्रै आफुले पार्टीको प्रश्नको जवाफ दिने उल्लेख गरेकिथिइन्