धनगढी पोष्ट
बिहिबार, ०८ मङि्सर २०७९ मा प्रकाशित
धनगढी । डडेल्धुरा प्रदेशसभा ‘ख’ मा स्वतन्त्र उमेदवार ताराप्रसाद जोशी विजयी भएका छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोबिन्द बोहरालाई ४८० मतको अन्तरले पराजित गर्दै जोशी निर्वाचित भएका हुन् ।
जोशीले ११ हजार १७० मत पाएका छन् । उनले प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उमेदवार तथा सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरालाई ४८० मतले पराजित गरे । बोहराले १० हजार ६९० मत पाएकमा छन् ।
नेकपा एकीकृत समाजवादीका जोशी डडेल्धुरामा गठबन्धनबाट आफ्नो पार्टीले सीट नपाएपछि स्वतन्त्र रुपमा प्रदेश सभा सदस्यमा निर्वाचन लडेका थिए ।