धनगढी पोष्ट
बिहिबार, ०८ मङि्सर २०७९ मा प्रकाशित
धनगढी । कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ चौधरीले पराकिले अन्तरले जिहतहात पारेकी छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका रामजनम चौधरीलाई १२ हजार ३२३ मतले पछि पार्दै रन्जिता बिजयी भएकी हुन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचित रन्जिता २०७४ मा कैलाली १ बाट नै प्रतिनिधि सभा सदस्यमा निर्वाचित रेशम चौधरीकी श्रीमती हुन् । टीकापुर घटनाको मुद्धामा अदालतले दोषी ठहरयाएपछि रेशम काठमाण्डौमा कारागारमा छन् । उनी उच्च अदालतको निर्णय बिरुद्ध सर्वोच्चमा पुगेका छन् ।
सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडका अनुसार श्रेष्ठले ३० हजार ४०४ मत पाएकी छन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका पूर्वमन्त्री रामजनम चौधरीले १८ हजार ८१ मत पाएका छन् ।
नेकपा एमालेका तपेन्द्रबहादुर रावलले ५ हजार ९१०, राप्रपाका लोकेन्द्रबहादुर कुँवरले ३ हजार ६४८ र स्वतन्त्र पार्टीका टंक ढुंगानाले १ हजार ८६९ मत पाएका छन् ।