धनगढी पोष्ट
शुक्रबार, ०९ मङि्सर २०७९ मा प्रकाशित
धनगढी । मंसिर ४ गते सम्पन्न प्रदेश सभाको निर्वाचनको मतगणना अनुसार प्रत्यक्ष तर्फ सुदूरपश्चिममा संघ र प्रदेशमा नेपाली कांग्रेस ठुलो दल बनेको छ ।
संघिय निर्वाचन क्षत्रका १६ मध्य १५ स्थानको मतगणना हुँदा नेपाली कांग्रेसले ७ स्थानमा जीत हाँशील गरेको हो । नेपाली कांग्रेस कैलाली–४, कैलाली–५, कञ्चनपुर २ र तीन, डडेल्धुरा, दार्चुला र अछाम २ मा विजयी भएको छ ।
प्रदेश सभा क्षेत्रमा कांग्रेसले ११ स्थानमा जीत हाँशील गरेको छ । यो संगै मंसिर ४ गते भएको निर्वाचनबाट सुदूरपश्चिममा प्रत्यक्ष निर्वाचन प्रणालीमा कांग्रेस संघिय र प्रदेश सभा क्षेत्रमा पहिलो शक्ति बनेको हो ।
कांग्रेसले प्रदेश सभा तर्फ कञ्चनपुर क्षेत्र नम्बर–२ को प्रदेश क्षेत्र ख, दार्चुलाको प्रदेश क्षेत्र क, अछाम क्षेत्र नम्बर–१ को प्रदेश सभा क्षेत्र क, अछाम क्षेत्र नम्बर–२ को प्रदेश सभा क्षेत्र क, बझाङको प्रदेश सभा क, कैलाली क्षेत्र नम्बर–४ को प्रदेश क्षेत्र ख र बैतडी प्रदेश सभा ख मा जीत हात पारेको छ । त्यसैगरी कैलाली क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र क, कैलाली ५ को प्रदेश क्षेत्र, ख, मा कांग्रेस विजयी भएको छ ।