धनगढी पोष्ट
शुक्रबार, ०९ मङि्सर २०७९ मा प्रकाशित
धनगढी । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा यही मंसिर २२ गते देखि सञ्चालन हुने सुदूरपश्चिम महोत्सव २०७९ को तयारी ५० प्रतिशत पुरा भएको आयोजकले जनाएको छ ।
महोत्सबको तयारी व्यापक बनाइएको र अहिलेसम्म आधा तयारी सकिएको संघका महाँसचिव ओम विष्टले बताए ।
उनका अनुसार महोत्सवमा सडक चौडा पर्दा मुख्यबजार क्षेत्रबाट विस्थापित भएका व्यवसायीलाई सुपथ मुल्यमा स्टल उपलध्ब गराइन छ । ब्यवसायिहरुलाइ केही सहजता होस भन्ने उद्देश्यले स्टलमा छुट दिएको बिष्टले बताए ।
उनले महोत्सवका माध्यामबाट सुदुरपश्चिमका समग्र बिकासका लागि आवाज उठाउँदै विकासमा मुद्दामा सरकारलाई जिम्मेवार बनाउने काम हुँदै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइने बताए ।
यस पटक कैलाली उद्योग वाण्ज्यि संघले प्रदर्शनी स्थलको व्यवस्थापनको मागलाई प्राथमिकतामा राख्दै अन्य मागहरु पनि अघि सार्ने तयारी गरेको उनको भनाई छ ।
संघका सल्लाहकार सङ्योजक रुपेश स्वारले ब्यवसायी र प्रदेशको विकासका लागि उद्योग वाणिज्य संघले भूमिका खेल्दै आएको बताए । महोत्सबलाइ सफल बनाउन सबैको भुमिका महत्वपुर्ण हुने भन्दै उपाध्यक्ष मनोज अग्रवालले सवैलाई आ–आफ्नो स्थानबाट सकारात्मक भुमिका खेलेर महोत्सव सफल बनाउन सहयोग हुने अपेक्षा गरेको बताए । उद्योग वाणिज्य संघकी निर्देश गोमा आचार्यले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बताए ।