धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024
सुदुरपश्चिम प्रदेश सभाका समानुपातिक निर्वाचन

सुदुरपश्चिम प्रदेश सभामा  समानुपातिकका २१ मध्य १७ महिला दलहरु छान्नै पर्ने

सुदुरपश्चिम प्रदेश सभामा  समानुपातिकका २१ मध्य १७ महिला दलहरु छान्नै पर्ने

धनगढी सुदुरपश्चिम प्रदेश सभामा समानुपातिकका  निर्वाचित हुने २१ मध्य १७ जना महिलालाई राजनैतिक दलहरु  छनौट गर्नै पर्ने भएको सुदुरपश्चिम प्रदेश सभामा कुनै पनि दलबाट एक जना पनि महिला पनि निर्वाचित नभएपछि  २२ प्रतिशत महिला पुरयाउन दलहरुले महिला छनौट गर्ने पर्ने अवस्था भएको हो

सुदुरपश्चिम प्रदेश सभामा ५३ सदस्य छन् संविधानले ३३ प्रतिशत महिला हुनु पर्ने बाध्यकारी व्यवस्था गरेको यस व्यवस्था अनुसार सुदुरपश्चिम प्रदेश सभामा कम्तिमा १७ महिला हुनु पर्ने हुन्छ सुदुपश्चिम प्रदेशमा प्रदेश सभामा प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भएर महिलाहरु आउन नसकेपछि सबै दलहरुले समानुपातिक सुचीबाट ३३ प्रतिशत महिला सहभागिता  प्रदेश सभामा गराउनु पर्ने हुन्छ

निर्वाचन आयोग सुदुरपश्चिम कार्यालय धनगढीका प्रमुख प्रेम राज भट्ट   प्रदेश सभामा प्रत्यक्ष तर्फ महिलाहरु निर्वाचित नभएकोले दलहरुले गरेको महिला सहभागिताको व्यवस्था समानुपातिक  सुचीबाट पुरा गर्नुपर्ने अवस्था रहेको बताउँछन्

नेकपा एमाले सुदुरपश्चिम समितिका सचिव धर्मराज पाठक महिलाहरु  प्रत्यक्ष समानुपातिक गरि जम्मा प्रदेश सभाका सदस्य संख्याको ३३ प्रतिशत महिला हुनु पर्ने व्यवस्थालाई दलहरुले समानुपातिक तर्फबाट पुरा गर्नु पर्ने अवस्था आएको बताउँछन्   ‘एमाले बाहेक अरु दलबाट महिलाहरु उम्मेदवार नै नभएपछि प्रत्यक्ष निर्वाचित भएर आउने  अवस्था नै थिएन सचिव पाठक भन्छन्त्यसैले आफुले पाएका समानुपातिक सीटहरुमा  महिलाहरुलाई छनौट गरिसेकपछि मात्र दलहरुले पुरुषहरुलाई छनौट गर्नु पर्ने अवस्था अहिले देखिरहेको

सुदुरपश्चिम प्रदेश सभाका लागि भएको निर्वाचनमा बाजुरा बाहेकका जिल्लाबाट २८ प्रदेश सभा सदस्य निर्वाचित भैसकेका छन् ती निर्वाचित सबै पुरुष छन्

निर्वाचन कानुनमा  सुदुरपश्चिम प्रदेशमा खस आर्य ६० प्रतिशत, आदिवासी जनजाति तीन दशमलब प्रतिशत, थारु १७ प्रतिशत, दलित १७ प्रतिशत, मधेशी दशमलब ६४ प्रतिशत, अल्पसंख्यक दशमलब ३७ प्रतिशत, पछिडिएको क्षेत्र १२ दशमलब ७८ प्रतिशत हुनु पर्ने व्यवस्था   यी सबै क्षेत्रको सहभागिता गराउँदा महिला सहभागिता ३३ प्रतिशत हुनु पर्ने कानुनी व्यवस्था महिलाको ३३ प्रतिशत प्रत्यक्ष निर्वाचित समानुपातिक सुचीबाट पुरयाउनु पर्दछ

सुदुरपश्चिम प्रदेश सभाको मंसिर मा भएको निर्वाचनमा हालसम्म नेपाली कांग्रेसबाट ११ जना, नेकपा माओवादी केन्द्रबाट   जनानागरिक उन्मुक्ति पार्टीबाट जना, नेकपा एमालेबाट जना, नेकपा एकीकृत समाजवादीबाट जना  स्वतन्त्र एक जना निर्वाचित भएका छन्   बाजुराबाट दुई प्रदेश सभा सदस्य निर्वाचित हुन बाकी नै

नेकपा एमालेका सुदुरपश्चिम प्रदेश सभा सचिव पाठक कांग्रेस एमाले  बाहेकका सबै दलले समानुपातिकमा पाएका सबै सिट संख्यामा महिला छनौट गर्नु पर्ने अवस्था देखिरहेको बताउँछन्

 सचिव पाठक कांग्रेसले सात समानुपातिक सीट पाएमा एक मात्र पुरुष छनौट गर्न पाउने, एमालेले तीन सदस्य प्रत्यक्षमा जितेकोले सात समानुपातिक सीट पाएमा कम्तिमा तीन महिला छनौट गर्नु पर्ने त्यो भन्दा अरु पुरुष छनौट गर्न सक्ने अवस्था देख्छन्   तर ती दुई बाहेकका दलले कम समानुपातिक सीट पाउने सम्भावना भएकोले पाएका सीटहरुमा महिलालाई छनौट गर्नै पर्ने अवस्था रहेको  पाठकको बुझाई   

२०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा बझाङ  जिल्लाबाट  नेकपा माओवादी केन्द्रकी देवकी सिंह मात्र प्रत्यक्ष निर्वाचित भएकी थिइन् यसपटक प्रदेश सभाको प्रत्यक्ष निर्वाचनमा कैलाली प्रदेश सभा बाट नेकपा एमालेकी  कमला ओली मात्र उम्मेदवार थिइन् तर उनी पराजित भएपछि प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य महिलाको संख्या शुन्य