धनगढी पोष्ट
मङ्गलबार, १३ मङि्सर २०७९ मा प्रकाशित
धनगढी । कैलालीका ५ मध्य ४ वटा निर्वाचन क्षेत्रमा प्रतिनिधि सभाको समानुपातिक तर्फको मत परिणाम अनितम चरणमा पुगेको छ ।
निर्वाचन आयोगले आफ्नो वेभसाइटमा राखेको विवरणमा कैलाली क्षेत्र नम्बर–५ को मतपरिणाम समावेस गरिएको छैन ।
त्यसबाहेक एक देखि ४ नम्बर क्षेत्रमा गरिएको मतगणना अनुसार कैलाली क्षेत्र नम्बर–१ मा नागरिक उन्मुक्ति पार्टीले २७ हजार दुई सय, नेपाली कांग्रेसले ११ हजार ४ सय ९९, नेकपा माओबादी केन्द्रले ७ हजार दुई सय ४८, नेकपा एमालेले पाँच हजार ७ सय ६, राप्रपाले ४ हजार ४ सय ३०, नेकपा एसले एक हजार ४ सय ३० र जसपाले एक हजार ७ सय ३२ मत पाएका छन् ।
यसैगरी कैलाली क्षेत्र नम्बर–२ मा नागरिक उन्मुक्ति पार्टीले १८ हजार ५ सय ८४, नेपाली कांग्रेसले ८ हजार ७ सय ९४, नेकपा माओबादी केन्द्रले ८ हजार १ सय ३६, नेकपा एमालले ११ हजार हजार ७ सय ४२, राप्रपाले ४ हजार ७ सय ६६ र नेकपा एसले एक हजार ७ सय ९६ मत प्राप्त गरेका छन् ।
यसैगरी कैलाली क्षेत्र नम्बर–३ मा नागरिक उन्मुक्ति पार्टीले २२ हजार १ सय ५७, नेपाली कांग्रेसले ९ हजार ६ सय १२, नेकपा माओबादी केन्द्रले १० हजार १ सय २७, नेकपा एमालले ८ हजार ४ सय ३४, राप्रपाले ३ हजार ८ सय ५२, नेकपा एसले दुई हजार ७ सय ५८ र जसपाले ४ सय ६४ मत प्राप्त गरेका छन् ।
यसैगरी कैलाली क्षेत्र नम्बर–४ मा नागरिक उन्मुक्ति पार्टीले ६ हजार ४५, नेपाली कांग्रेसले १६ हजार ३ सय ६५, नेकपा माओबादी केन्द्रले ६ हजार २ सय २४, नेकपा एमालले १९ हजार ३ सय २९ र नेकपा एसले ४ हजार ४ सय २८ मत प्राप्त गरेका छन् ।
कैलाली क्षेत्र नम्बर–५ को समानुपातिक मत परिणाम भने निर्वाचन आयोगले सूचिमा राखेका छैन ।