धनगढी पोष्ट
बुधबार, १४ मङि्सर २०७९ मा प्रकाशित
काठमाडौँ । निर्वाचन आयोगले बाजुरा र स्याङजा २ मा मतगणना शुरु गर्ने गनिर्णय गरेको छ । बुधबार बसेको आयोग पदाधिकारीहरुको बैठकले बाजुरा र स्याङ्जा २ निवामा मतगणना सुचारु गर्ने निर्णय गरेको हो ।
बाजुरा र स्याङजा जिल्लामा मतदानका क्रममा बुथ कब्जा गरेर मतददान भएको भन्दै उजुरी परेपछि निर्वाचनको प्रकृरा रोकिएको छ ।
आयोग पदाधिकारीबीच भएको छलफलले मतगणना गर्ने निष्कर्ष निकालेको बताइएको छ ।
आयोगले सहसचिवको नेतृत्वमा एउटा टोली पठाएर बाजुरामा अध्ययन गरेको थियो ।
आयुक्तहरुबीच मतगणना गर्ने कि मतदानमा जाने भन्ने विषयमा विवाद भएको थियो । ती दुई जिल्लाका केही मतदान केन्द्रमा धाँधली गरिएको, मृत्यु भएका व्यक्तिहरुको नाममा समेत मतदान गरिएको उजुरी आयोग समक्ष परेपछि मंसिर ४ गते भएको चुनावको मत गणना सुरु समेत हुन सकेको छैन ।
बाजुरामा कांग्रेसले १४ ठाउँमा बुथ कब्जा गरेको भन्दै नेकपा एमालेले निर्वाचन आयोगमा उजुरी दिएका छ भने, नेपाली कांग्रेसले एमालले ८ ठाउँमा बुथ कब्जा गरेको आरोप लगाउँदै आयोगमा उजुरी दिएको छ ।