धनगढी पोष्ट
शुक्रबार, १६ मङि्सर २०७९ मा प्रकाशित
धनगढी । बाजुरामा मतगणना जारी रहँदा हिमाली गाउँपालिका ६ मा मुचुल्का गरिएको भन्दा ४० भोटएपछि मतगणना स्थितिग भएको छ ।
मुचुल्का भन्दा ४० मत बढी भेटिएपछि नेकपा एमालले बिरोध गरेको छ । एमालेको बिरोध पछि मतगणना रोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
हिमाली गाउँपालिका ६ मा (क) र (ख) गरि कुल मतदाता १ हजार ७ सय २६ मतदाता रहेकोमा १ हजार ४ सय ५० मत खसेको उल्लेख गरिएको छ । गणना स्थलमा भने ४० भोट भेटिएको छ । हिमाली गाउँपालिका नेपाली काँग्रेसका उम्मेदवार बद्री पाण्डेको गृह पालिका हो । एमालले यसको समाधान नभए सम्म मतगणना अगाडी नबढाउने भन्दै पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
नेकपा एमालेले १६ बुथ कब्जा गरिएका भनिएका मध्ये हिमाली ६ पनि हो । जहाँ उम्मेदवार पाण्डे नेतृत्वको टोली आएर बुथ कब्जा गरिएको र मतदान गर्ने समय सकिएपछि कोठामा लिएर ६ सय बढी मत खसाइएको आरोप नेकपा एमालेले लगाउँदै आएको छ ।
मतदान अधिकृत लगायतका कर्मचारी, सुरक्षा निकाय सबैलाई प्रभावमा राखेर एकलौटी कब्जा शैलीमा मतदान गरेपछि शिलबन्दी गर्दा संख्या एकीन नभएको हुन सक्ने आरोप एमालेको छ । बद्मासी गरिएको कुरा प्रष्ट खुलिसकेकोले मतगणना छानवीन पछि मात्रै सुरु गरिनु पर्ने नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले बताएका छन् ।
अहिले प्रतिनिधी सभाको मतगणना स्थगीत छ । हालसम्म बडीमालिका नगरपालिका १ को (क) बुथ बाहेक सबै वडाको मतगणना भइसकेको छ । भने हिमाली गाउँपालिका ५ र ७ बाहेकको मत गणना गरिएको छ । ती मध्ये हिमाली ६ को मत गणनाका विवाद देखिएको छ ।
हालसम्मको नजिता हेर्दा बद्री पाण्डेले ५ हजार ३ सय ९९ मत ल्याएका छन् । एमालेका कर्ण बहादुर थापाले ४ हजार १ सय ३० मत ल्याएका छन् । हिमाली गाउँपालिका काँग्रेस र बडीमालिका नगरपालिका नेकपा एमालेले जितेको पालिका हो ।