हिमालयन गौरीशंकर डेण्टल क्लिनिकले हसुलियामा निःशुल्क डेण्टल शिविर सञ्चालन गरेको छ । डेण्टल क्लिनिकले शुक्रबार आफ्नो १३ औं वार्षिकोत्सव तथा कैलारी गाउँपालिका–५, हसुलिया बजारमा शाखा विस्तारको क्रममा निःशुल्क डेण्टल शिविर आयोजना गरेको हो ।
शिविरमा २ सय ५० जनाले उपचार लिएको छन् । डेण्डल शिविरमा विडिएस गरेका दन्त चिकित्सकद्वारा निःशुल्क चेकजाँच तथा औषधी उपचार समेत गरिएको डेण्टलका प्रवन्ध निर्देशक रत्न एस. के. ले जानकारी दिए । निःशुल्क डेण्टल शिविरको उद्घाटन कैलारी गाउँपालीकाका अध्यक्ष रामसमज चौधरीले गरेको निर्देशक एस.के. ले वताए ।
सिविरमा सेवा लिएकालाई ३०प्रतिशत छुट दिईने प्रवन्ध निर्देशक एस. के. ले वताए । दन्त चिकित्सक विडीएस डा. सुवन कार्की, एमडिएस डा. विजय कार्कीले दातको सिविरमा सेवा दिएको उनले वताए ।
सेवामा दाँतको छुट्टै एक्सरे, दाँत सफा गर्ने, , दाँत निकाल्ने दिएको हो । थप अनुहारमा लागेका चोटपटकका साथै हड्डी भाँचिएको उपचार मुखभित्र आउने घाउ खटिरा सिष्ट ट्युमर आदीको उपचार भइरहेको प्रवन्ध निर्देशक एसकेले बताए ।
१२ वर्षदेखि धनगढीमा सेवा दिँदै आइरहेको डेण्टल क्लिनिकले थप सेवा हसुलियका साथ शाखा विस्तार विस्तार गरेको हो । धनगढीको अस्पताल लाइनबाट सेवा दिँदै आइरहेको क्लिनिक अहिले पुरानो कैलाली अस्पतालको पछाडिबाट सेवा सुरु सुचारु गरेको छ । यस अघि सामान्य दाँतको मात्र उपचार गर्दै आएको क्लिनिकले अव अप्रेसन सहितको सेवा सुरु गरेको उनले बताए । ‘सुरुवातका दिनबाट सानो ठाउँबाट सुरु गरिएको डेण्टल क्लिनिकलाई अहिलेको दन्त सेवा, दन्त सेवाका प्रविधि सहित अस्पतालको रूपमा विकास गरेका छौँ’, उनले भने, ‘दन्त उपचारका अव धनगढीमा भौँतारिनु पर्दैन ।’
क्लिनिकले विडिएस गरेका दन्त चिकित्सक विडीएस डा. सुवन कार्की, एमडीएस डा. मनोज खड्का, एमडिएस डा. विजय कार्की, विडीएस डा. सुस्मिता महरा सहित १४ जना अन्य स्वास्थ्यकर्मीहरूको सहयोगले दन्त सेवा दिइरहेको उनले बताए । क्लिनिकमा दाँतको छुट्टै एक्सरेको सुविधा, दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, गिजाभित्र रहेको बुद्धिबंगारा निकाल्ने र गिजाको अप्रेसन गर्ने गरेको छ । थप अनुहारमा लागेका चोटपटकका साथै हड्डी भाँचिएको उपचार मुखभित्र आउने घाउ खटिरा सिष्ट ट्युमर आदीको उपचार भइरहेको प्रवन्ध निर्देशक एसकेले बताए ।