धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

कैलाली १ मा एमालेका उम्मेदवार रावलको जमानत जफत

धनगढी कैलाली क्षेत्र नं  बाट प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गरेका नेकपा (एमाले ) का उम्मेदवार सहित  नौ उम्मेदवारको जमानत जफत भएको कुल सदर मतको १० प्रतिशत मत पुरयाउन नसकेपछि एमालेका उम्मेदवार तपेन्द्र रावलको जमानथ जफत भएको हो

रावलले हजार ९१० मत प्राप्त गरेका छन् जुन कुल सदर मतको १० प्रतिशत पुग्दैन

निर्वाचन अधिकृतको कार्यालयका कैलाली मा खसेको ६४ हजार १६४ मत मध्य ६० हजार ८७८ मत सदर भएको थियो    कुनै पनि उम्मेदवारले जमानत जोगाउनका लागि कम्तिमा हजार ८७ मत ल्याउनु पर्ने हुन्छ

कुल सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान रहेको

जमानत जफत हुने अन्य उम्मेदवारहरु राप्रपाका लोकेन्द्र कुँवर पनि छन् उनले हजार ६४८ मत प्राप्त गरेका छन् त्यस्तै हजार ८६९ मत पाएका राष्ट्रिय स्वतन्त्र पार्टीका टंकप्रसाद जैशी ढुंगानाले समेत जमानत जोगाउन सकेनन्

अन्य जना उम्मेदवारले जमानत गुमाउनुका साथै प्राप्त मत हजार समेत पुरयाउन सकेनन् हजार मत पुरयाउन नसक्नेमा स्वतन्त्र उम्मेदवार ललित बहादुर थापा ३६३ मत, अर्का स्वतन्त्र उम्मेदवार विजयराज सिंह मयाल २३ मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भोजबहादुर विश्वकर्मा १२२ मत, नेपाल मजदुर किसान पार्टीका धनबहादुर मगर १०७ मत, नेपालका लागि नेपाली पार्टीका मानबहादुर चौधरी ९० मत तिलक बहादुर शाही ५४ मत रहेका छन्

लोकतान्त्रिकबाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका रामजनम चौधरीले मात्रै जमानत जोगाएका छन निकटतम प्रतिस्पर्धी समेत रहेका उनले १८ हजार ८१ मत प्राप्त गरेका छन्

 

यस निर्वाचन क्षेत्रबाट नागरिक उन्मुक्ति पार्टीकी केन्द्रिय अध्यक्ष रञ्जिता श्रेष्ठ अत्याधिक मत सहित विजयी भएकी छन् उनले ३० हजार ४०४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको