धनगढी पोष्ट
शनिबार, १७ मङि्सर २०७९ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मणकुमार स्वार विजयी भएका छन् । शुक्रबार सम्पन्न सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महाँसंघको महासंघको १६औ वार्षिक साधारणसभा तथा ८ औं अधिवेशनमा प्रतिद्वन्दि हरि प्रसाद भट्टलाई एक सय नौ मतले पराजित गर्दै स्वाँर विजयी भएका हुन् ।
यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार कपाडी विजयी भएका छन् । उनि १ सय ९२ मत पाएर विजयी भएका हुन् । उपाध्यक्षमा लक्ष्मणबहादुर साउँद २ सय ३२ र मदन मोहन बिष्ट १ सय २१ मत प्राप्त गरि विजयी भएका छन् । यसैगरी महाँसंघको महासचिवमा खेमराज जोशी २ सय २ मत प्राप्त गरि विजयी भएका छन ।
यसैगरी नितिगत उप–महासचिवमा आङदावा शेर्पा विजयी हुँदा आन्तरिक उप–महासचिवमा राजेश गिरी विजयी भएका छन । यसैगरी सदस्यहरुमा ललित बहादुर बोहरा शुनिल कुवंर केशव राज भट्ट, पदम बहादुर भण्डारी र आशिष कुमार खत्री निर्वाचित भएका छन् ।
यस अधि, संघको साधारणसभाबाट ८ जना निर्विरोध चयन भएका थिए । निर्विरोध हुनेमा कोषाध्यक्ष तर्फ निर्मल कुमार देउवा र सह–कोषाध्यक्षमा गणेश बहादुर खड्का निर्विरोध चयन भएका हुन् । त्यस्तै, महिला सदस्यमा बिमला देवी श्रेष्ठ र शक्ति पन्त समेत निर्विरोध चयन भए ।
माधव प्रसाद चौधरी, दाउत तामङ, तुला बहादुर राना र गोरे सिंह ऐरसमेत निर्विरोध चयन भएका निर्वाचन अधिकृत वीर बहादुर जेठाराले बताए । पदाधिकारीको कार्यकाल तीन बर्षको हुने छ ।