धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

अत्तरिया बाट विद्युत वितरका लागि प्रक्रिया सुरु

अत्तरिया बाट विद्युत वितरका लागि प्रक्रिया सुरु

धनगढी कैलालीको अत्तरिया बाट सो क्षेत्रमा विद्युत वितरणका लागि आवश्यक प्रक्रिया सुरु भएको

गोदावरी नगरपालिकाले विद्युत वितरण केन्द्रको भवन निर्माण गर्न आवश्यक जग्गा उपलब्ध गराएपछि प्राधिकरणले त्यसको प्रक्रिया सुरु गरेको हो

नेपाल विद्युत प्राधिकरण वितरण शाखा धनगढीका प्रमुख सुर्य नारायण मण्डलका अनुसार जग्गा उपलब्ध भएसंगै भवन निर्माणका लागि आवश्यक प्रक्रिया सुरु गरिने भवन निर्माणका लागि प्राधिकरणले ६० लाख बजेट समेत छ्ट्याएको अत्तरिया बाट विद्युत वितरण हुँदा त्यहाँका नागरिकलाई सरलरुपमा सेवा प्राप्त हुने बताए

अहिले सम्म विद्युतको काम गर्न त्यहाँका नागरिकले धनगढी धाउनुपर्ने बाध्यता रहेको थियो, उनले भने, ‘तर अत्तरियामा केन्द्र बनेपछि अव धनगढी धाउनु पर्ने बाध्यता हट्ने , विद्यतु सम्बन्धी सवै सेवा अत्तरियाबाटै हुने

गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टले अब गोदावरीमा विद्युतिकरणको समस्या नहुने बताए नगरपालिका क्षेत्र भित्र विद्युतिकरणको ठूलो समस्या देखा परिरहेको अवस्था , नगरका विकट क्षेत्रहरुमा कतिपय ठाउँमा विद्युतिकरण नै पुगेको छैन, पुगेका ठाउँमा पनि लो भोल्टेजको समस्या उनले भनेत्यसको समाधानका लागी अत्तरियामा एउटा वितरण केन्द्र अनिवार्य आवश्यक थियो, त्यो ल्याउन हामी सफल भएका छौं

मेयर भट्टका अनुसार विद्युत प्राधिकरणको अत्तरिया वितर केन्द्र निर्माणका लागि नगरपालिकाको भवन अगाडीपट्टिको कट्टा धुर जमिन उपलब्ध गराईएको

आईतबार नगरप्रमुख भट्टले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग पनि भेटवार्ता गरेका थिए भेटका क्रममा नगरक्षेत्रका विद्युतिय समस्याहरु त्यसको समाधानका लागी गरिनुपर्ने प्रयासहरुका बारेमा छलफल भएको उनले बताए