धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024
मृत्युपछि कोरोना पुष्टि प्रकरण

मलामी गएकाहरुले आफैले गरे टोल सिल

प्रशासनले शनिबार राति सिल गरेको धनगढी उपमहानगरपालिका– ४ महिमा टोलवासीले टोलमा आइतबार बिहादेखि स्थानीयवासीहरुले आफै सिल गरेका हुन् ।

मलामी गएकाहरुले आफैले गरे टोल सिल
तस्बीर : खेम मिश्र

धनगढी

  मृत्युपछि कोरोना पुष्टि भएकी महिलाको मलामी गएका धनगढी उपमहानगरपालिका४ महिमा टोलवासीले आफै टोल सिल गरेका छन् ।

   प्रशासनले शनिबार राति सिल गरेको उक्त टोलमा आइतबार बिहादेखि स्थानीयवासीहरुले आफै सिल गरेका हुन् ।  प्रशासनले सिल गरेको महिमा टोलमा आज बिहान  सुरक्षाकर्मीको उपस्थिती नहुँदा आवत जावत शुरु भएको थियो ।

   टोल सिल गरेर फर्केको प्रहरी आईतबार विहानसम्म नफर्के पछि जोखिम बढ्ने भन्दै मलामी गएकाहरुले आज बिहानैदेखि ब्यानर सहित सडक अबरुद्ध गर्दै टोलमा आवत जावत बन्द गरेका हुन ।

  मृत्यु  भएकी  महिलामा  कोरोना पुष्टिपछि  स्थानीय बासिन्दा निकै त्रसित
छन् ।  दुई दिन अघि सेती प्रादेशिक अस्पतालमा मृगौलाको डायोलिससका क्रममा महिमा टोलकी एक महिलाको मृत्यु भएको थियो । मलाममा गएका व्यक्तिहरुले जति सक्दो चाँडो थ्रोट स्वावको नमूना लिएर कोरोना परीक्षण गर्न आग्रह गरेका छन् ।

   स्थानीय प्रशासनले भने मलामी गएकाहरुको पहिचान भईसकेको र स्वाव संकलनका लागि तयारी भईरहेको जनाएको छ ।