धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

१६ दिने अभियानमा फेडो द्धारा समुदायमा कानुनी सचेतना

१६ दिने अभियानमा फेडो द्धारा समुदायमा कानुनी सचेतना

धनगढी सभ्य समानको पहिचानः लैंगिक हिंसा बिरुद्धको अभियान भन्ने राष्टिय नाराका साथै शुरु भएको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत दलित महिला संघ फेडोले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका बर्दगोरिया गाउँपालिकाका वडा कार्यालयहरु संग सहकार्य गरि महिला किशोरीहरुलाई लैंगिक हिंसा बिरुद्ध जागरुक गर्ने उद्देश्यले पालिकाका बिभिन्न वडाहरुमा समुदाय स्तरमै गएर कानुनी सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको

समुदायमा बालबिवाह, बहुबिवाह, घरेलु हिंसा तथा यौन दुर्वव्यहारका घट्नाहरु बढ्दै गएकाले पालिकाका वडा कार्यालयहरुको अनुरोधमा संस्थाले समन्वय तथा सहकार्य गर्दै धनगढी उपमहानगरपालिकाको वडा नंं १२, गोदावरी नगरपालिकाको वडा नं. तथा बर्दगोरिया गाउँपालिकाको वडा नं. मा समुदाय स्तरका महिला तथा किशोरिहरुमा हिंसा बिरुद्ध जागरुक तथा कानुनी प्रावधानका बारेमा सचेतीकरण गर्ने उक्त कार्यमा पुरुषहरुको पनि संलग्नता बढाउने उद्देश्यले सो कार्यक्रमहरुको आयोजना गरिएको जिल्ला संयोजक बिनोद घिमिरेले बताए कार्यक्रममा तिनवटै पालिकाका गरि जम्मा २५० जना महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो

कार्यक्रममा महिलाहरुले कानुनी ज्ञानबाट आफूहरुलाई फाईदा मिलेको तथा समुदायमा कुनै पनि लैंगिक हिंसाको घट्ना भैहालेमा समन्वय गर्नुपर्ने कानुनी निकाय तथा हिंसा प्रमाणित गर्ने प्रमाणहरुको सुरक्षामा आवश्यक सावधानी अप्नाउनु पर्ने बिषयवस्तुका बारेमा पनि ज्ञान पाईएको हुँदा हिंसा बिरुद्ध लड्न सहज भएको बताएका थिए

कार्यक्रममा समुहका महिला, पुरुष तथा स्थानिय जनप्रतिनिधीहरुको पनि उपस्थिती रहेको थियो आगामी दिनमा फेडो संगको सहकार्यमा सबै वडाहरुमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्ने तथा महिला सशक्तिकरणका लागी बिभिन्न कार्यक्रमहरु छुट्याउने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए कार्यक्रम पश्चात नागरिक प्रतिबद्धता स्बरुप हस्ताक्षर अभियान पनि सञ्चालन गरिएको थियो

मानवअधिकारको सम्बद्र्धनका लागी अन्र्तराष्ट्रिय मानवअधिकारका संयत्र सम्बन्धी अभिमुखिकरण

दलित महिला संघ (फेडो) को आयोजनामा कैलाली जिल्लाको गोदावरी तथा गौरीगंगा नगरपालिका बर्दगोरिया गाउँपालिकाका गरि ५५ जना अगुवा महिला अभियन्ता संजालका सदस्यहरुलाई मानवअधिकारको सम्बर्धनका लागी अन्र्तराष्ट्रिय मानवअधिकारका संयत्र सम्बन्धी दिने अभिमुखिकरण प्रदान गरिएको स्थानिय स्तरका अगुवा महिला मानवअधिकार रक्षकहरुलाई दलित महिला तथा सिमान्कृत समुदायका अधिकारको रक्षा गरि उनीहरुलाई हिंसा बिभेदमुक्त जीवन बाँच्नका लागी संयुक्त राष्ट्रसंघीय मानवअधिकारका प्रणालीहरु, कानुनहरु तथा राज्यको दायित्व सम्बन्धी ज्ञान बढाउने उद्देश्यले संस्था द्धारा कार्यक्रमको आयोजना गरिएको थियो  

उक्त तालिममा संयुक्त राष्ट्रसंघको स्थापना तथा उद्देश्य, अन्र्तराष्ट्रिय मानवअधिकारका संयत्रहरु, अन्र्तराष्ट्रिय मानवअधिकार सम्बन्धि भएको विश्वव्यापि घोषणापत्र, ऋभ्म्ब्ध्, लैंगिकतामा आधारित हिंसा तथा यसका प्रकार अवस्थाहरु, जातिय बिभेद तथा छुवाछुत ऐन २०६८ संशोधित ऐन २०७५, नेपालको संविधान २०७२ अन्र्तगत मौलिक अधिकार भित्र रहेका कानुनी अधिकारहरु, नागरिक तथा राजनैतिक अधिकार, ईत्यादी जस्ता बिषयबस्तुहरुका बारेमा जानकारी प्रदान गरिएको थियो

समाजमा मानवअधिकार उल्लंघनका घट्नाहरु बढ्नु भनेको कानूनको बारेमा पर्याप्त जानकारी बहस नहुनु हो त्यसकारण लैंगिक हिंसा तथा जातिय बिभेदका घट्नाहरुको अन्त्य सामाजिक न्याँयका लागी पर्याप्त वकालत गर्न अगुवा तथा अभियन्ताहरुलाई तालिम प्रदान गरिएको कार्यक्रम संयोजक बिनोद घिमिरेले बताए

तालिममा सहभागी गोदावरी की अभियन्ता राजु बि.. ले मानवअधिकारको सवालमा अन्र्तराष्ट्रिय कानुन नेपालको कानुनमा भएको प्रावधान सम्बन्धी सिक्ने अवसर पाएको जसले गर्दा मानवअधिकार उल्लंघनका घट्नामा तर्क सहित बहस छलफल गर्न मद्दत पुगेको बताईन त्यसैगरि बर्दगोरिया( की आरती सुनारले तालिमले मानवअधिकार तथा अन्र्तराष्ट्रिय कानुन राज्यको दायित्वका बारेमा थप ज्ञान पाईएको जसले गर्दा महिला माथी घट्ने फौजदारी घट्नामा सम्बन्धित निकायमा पिडितलाई न्याँयका लागी पहल गर्न सहजता हुने बताईन्

गोदावरी नगरपालिका वडा नं. का अध्यक्ष एवं नगर प्रवक्ता गोपाल दत्त भट्टले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कानुन भएता पनि समुदायमा शिक्षाको कमिले गर्दा कानुन बिपरित कामहरु बढ्दै गएकाले जनचेतना अभिबृद्धिका साथै शिक्षामा सबैको पहूँच बढाउन तर्फ लाग्नुपर्ने बताए

दलित महिला तथा सिमान्तकृत समुदायका सवालमा सरोकारवालाहरुसंग अन्तरक्रिया

धनगढी दलित महिला संघ फेडो को आयोजनामा कैलाली जिल्लाको गोदावरी नगरपालिका बर्दगोरिया गाउँपालिकामा सरोकारवालाहरु संग अन्र्तकृया सम्पन्न गरिएको राष्ट्रका सबै सुचकांकमा सुदरपश्चिम प्रदेश सबै भन्दा तल रहेको त्यसमा पनि दलित महिला तथा सिमान्कृत समुदायहरु आर्थिक, सामाजिक तथा शैक्षिक कमजोरीका कारणले गर्दा उनीहरुको जिवनस्तर निक्कै कष्टकर रुपमा रहेको उनीहरु जातिय भेदभाव, हिंसा, अन्याय, उत्पीडन, अभाव बहिष्करणका चपेटा परिरहने भएको हुदाँ उनीहरुको मानवअधिकार सबलिकरणका लागी संस्था द्धारा कार्यक्रमको आयोजना गरिएको थियो

कार्यक्रममा दुबै पालिका गरि ६२ जनाको सहभागिता रहेको थियो, जसमा स्थानिय जनप्रतिनिधीहरु, न्याँयिक निकाय, सामुदायिक संस्थाहरु, मानवअधिकार रक्षकहरु, बिभिन्न महिला तथा समाजिक संजालहरु मिडियाहरु रहेका थिए कार्यक्रममा समुदायका दलित महिलाहरुले दलित बस्ती भएका टोलमा नगर तथा वडाले योजना हाल्न समेत कन्जुस्याई गर्ने गरेको गुनासो गरेका थिए दलित महिलाहरु जातीय तथा लैगिंक बिभेदको दोहोरो शोषणमा बर्षौदेखि अन्याय, असमानता, अमर्यादित भई शोषित पीडित जीवन जीउन बाध्य भएको उनीहरुले बताएका थिए

राज्यका निकायबाट बन्ने निती, कार्यक्रम,योजना तथा सेवाहरुमा दलित महिला तथा सिमान्तकृत समुदायको पहूँच निक्कै न्यूनरुपमा हुने जसले गर्दा उनीहरुले समाजिक न्याँयको प्रत्याभुति महशुस गर्न नसकिरहेका कारण त्यस्ता निती, कार्यक्रम, योजना तथा सेवाहरु दलित महिला तथा सिमान्तकृत समुदायमैत्री बनाउनका लागी संस्था द्धारा उनीहरुका आर्थिक, सामाजिक, शैक्षिक तथा स्वास्थ्य सवालहरु गर्नुपर्ने कामहरुलाई सुचीकरण गरि सरोकारवालालाई ज्ञापनपत्रका रुपमा हस्तान्तरण गरिएको थियो

बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेश गिरिले समाजमा आर्थिक तथा शिक्षाको कमिका कारण बिभिन्न बिकृति तथा कुसंस्कार रहेको हुँदा पालिका द्धारा यि बिषयमा गम्भिर भएर लाग्ने तथा दलित महिला पछाडि परेका समुदायहरुलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता ब्यक्त गरे भने गोदावरी नगरपालिकाका नगर प्रवक्ता गोपालदत्त भट्टले दलित महिला सिमान्कृत समुदायको हितका गागी वडा नगरको तहबाट कुनै पनि काम गर्न पछी नहट्ने प्रतिबद्धता ब्यक्त गरे