धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

महाकालीको धार दश दिनमा पुरानै अवस्थामा फर्काउन भारत सहमत

महाकालीको धार दश दिनमा पुरानै अवस्थामा फर्काउन भारत सहमत

धनगढी : दार्चुलास्थित महाकाली नदी पारी आफुले गरेको तटबन्धका कारण नेपालतर्फ मोडिएको नदी  आफ्नै धारमा फर्काउन भारतीय अधिकारी सहमत भएका छन्   विवादित क्षेत्रमा तत्काल काम पनि शुरु नगर्ने सहमति पनि भएको

भारतको धार्चुलामा नेपालको तर्फबाट दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय   भारतको तर्फबाट पिथौरागढका डिष्ट्रिक्ट मजिष्टेट  रिमा जोशी नेतृत्वको टोलीबीच बुधवार भएको  वार्तामा  दश दिनभित्र नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति  भएको हो

  नदीको बहाव पुरानै अवस्थामा फर्काउन भारतीय पक्ष सहमत भएको दार्चुलाका प्रजिअ उपाध्यायले भने  भारतीय पक्षले दश दिनमा धार फर्काइसक्ने प्रतिवद्धता व्यक्त गरेको

  भारतले महकाली नदीको भारत तर्फको सीमामा तटबन्द गरेर नदीको धार नेपाल तर्फ मोडेका छन् भारतीय पक्ष आफ्नो क्षेत्रमा निर्माण गरेको तटबन्धका कारण थुप्रिएको ढुंगा माटो हटाएर नदीको धार पुरानै अवस्थामा फर्काउन भारतीय सहमति बैठकमा भएको दार्चुलाका प्रजिअ उपाध्यायले बताए

 नेपालतर्फ सोझिएको नदीको धार बीचमा पार्ने, अत्यावश्यक बाहेकका अस्थायी डाइभर्सन, संरचना तत्काल हटाउने, यसका लागि भारतीय जनशक्ति नै परिचालन गर्ने सहमति बनेको प्रजिअ उपाध्यायले बताए

भारतीय पक्षले एकतर्फी तटबन्ध निर्माण गरेपछि भएको विवाद समाधानका लागि नेपाल भारतीय प्रशासनबीच भएको छलफलमा १० दिनभित्र नदीलाई बीचमा पार्ने सहमति भएको हो

तोकिएको समय १० दिनमा सहमति अनुसार काम गरे नगरेको अवस्था हेरी पुनः भारतीय प्रशासनसँग छलफल अघि बढाइने प्रजिअ उपाध्यायले बताए

महाकाली नदीमा भारतले  एकतर्फी रुपमा तटबन्द निर्माण गरिहेको  महाकाली नदीको धार नेपाल तर्फ फर्काइरहेको बारेमा नेपाल सरकारले भारतलाई मंगलबार कुटनितिक नोट पठाएको थियो    कुटनीतिक नोटमा नेपालको सहमति बिना सीमा नदीमा संरचना बनाएको त्यसले नेपाल तर्फ क्षति पुगेको भन्दै सरचना निर्माण गर्दा दुई देशको सहमति समन्वय हुनु पर्ने  उल्लेख यसका साथै सीमा क्षेत्रमा यस्ता घटना नदोहोरियोस् भन्ने उदेश्यले कुटनितिक रुपमा दिर्घकालीन समाधमान खोज्नु पर्ने कुटनीतिक नोटमा उल्लेख

२०७८ मंसिर ११ मा पनि दुई देशका प्रशासनबीच एकतर्फी संरचना नबनाउने प्रतिबद्धता भारतीयबाट आएको थियो त्यसको पनि पालना हुन सकेन

आइतवार दार्चुलाको खलंगाका स्थानीय बासिन्दा भारतले एकतर्फी तटबन्ध बनाएर नदीको धार परिवर्तन गरेको बिरोधमा उत्रिँदा भारतीय नागरिकले ढुंगामुढा गर्दा बालक सहित चार नेपाली घाइते भएका थिए

 पछिल्लो एक वर्षमा मात्र तीन पटक वारिपारि ढुंगा हानाहान भएका छन् पछिल्लोल पटक गत आइतबार ढुंगा हानाहान भएको हो पारिबाट हानिएको ढुंगा लागेर बांगाबगरस्थित कैलाशपति आधारभुत विद्यालय नजिक खेलिरहेका चार बालक घाइते भएका छन्

 दार्चुलामा कालापानी, लिपुलेक लिम्पियाधुरा अतिक्रमणको विषय छँदै त्यसबाहेक सीमावर्ती छाङरुदेखि दार्चुला सदरमुकाम खलंगासम्म वर्षमा मात्र भारतीय ज्यादतीका दर्जन घटना दोहोरिएका छन् महाकालीको घाँटीबगर क्षेत्रको मौरीभीर हुँदै टिंकरतर्फ जाने घोडेटो बाटो खन्दा नेपाली सेनाले भारतीयको व्यवधान खेप्नु परेको थियो नेपालतर्फका चट्टानले भारतीय क्षेत्रमा असर पर्छ भन्ने उनीहरूको तर्क थियो