धनगढी पोष्ट
आइतबार, २२ भदौ २०८२ मा प्रकाशित
धनगढी । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिको बैठक सम्पन्न भएको छ । आइतबाार प्रदेश अध्यक्ष नन्दराज भट्टको अध्यक्षतामा बसेको बैठकले विभिन्न चार निर्णय गरेको छ ।
जनमोर्चाले गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि यही भदौ २५ गते देखि असोज ५ गते सम्म सञ्चालन गर्ने जागरण अभियानलाई सफल बनाउने, भारत र चीनले नेपाली भूमी कालापानीलाई व्यापारिक नाका बनाउने गरी गरेको एकलौटी निर्र्णयको बिरोध गर्ने निर्णय भएको प्रदेश अध्यक्ष भट्टले बताए ।
त्यसैगरी कालापानी र लिपुलेक नाकालाई भारत र चीनले व्यापारिक नाका बनाउने सहमतिको बिरोध गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाइ ज्ञापन पत्र बुझाउने, भदौ २६ गते कञ्चनपुर, डोटी तथा असोज ५ गते डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय बैठकले गरेको छ ।
भारत र चीनले नेपालली भूमी प्रयोग गर्ने निर्णयका बिरुद्ध अन्य दलसंग पनि संयुक्त कार्यक्रम सञ्चालन गर्न समन्वयका लागि प्रदेश अध्यक्ष नन्दराज भट्ट र उपाध्यक्ष हरिकृष्ण पाण्डेलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ ।
त्यस्तै असोज ९ गते दार्चुलाको खलंगामा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टको विशेष उपस्थितीमा लिपुलेकका विषयमा सर्बपक्षिय अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको प्रदेश अध्यक्ष नन्दराज भट्टले बताए ।