धनगढी पोष्ट
बिहिबार, १९ भदौ २०८२ मा प्रकाशित
धनगढी । भूमी समस्या समाधान आयोग कैलाललीले यस अघि आवेदन फाराम भर्न छुट भएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई भदौ भित्र आवेदन दिन आह्वान गरेको छ । भूमी समस्या समाधान आयोग कैलालीले यस अघि छुटपुट भएका अव्यवस्थित असोबासी, भूमी हिन, सुकम्वासी, दलित परिवारलाई पालिकाको सिफारिस सहित आवेदन दिन आग्रह गरेको हो ।
भूमी समस्या समाधान आयाोग कैलालीका सदस्य कमलसिंह रानाका अनुसार हाल सम्म कैलालीमा जग्गा धनि पूर्जाका लागि एक लाख ४५ हजर भन्दा बढी आवेदन परेका छन् । ती मध्य ८० हजार भन्दा बढी आवेदन भूमी हिन, दलित, सुकम्वासीका रहेकाक जिल्ला सदस्य रानाले बताए । जिल्लामा अझै पनि छुटपुट जग्गा धनि पूर्जाका लागि लागि आवेदन दिन छुटेको हुन सक्ने भएका कारण अन्तिम पटककका लागि ३५ दिन भित्र सूचना माग गरिएको जिल्ला सदस्य रानाले बताए ।
‘अन्तिम पटकका लागि ३५ दिने सूचना जारी भएको छ,’ रानाले भने, ‘सो समय भित्र छुटपुटलाई आवेदन दिन आग्रह गर्दर्छाै ।’
असोज पछि भने यस अघि निवेदन दिएका परिवारलाई जग्गा धनि पूर्जा वितरण कार्यक्र सुरु हुने उनले बताए । स्थानीय तह मार्फत जग्गा धनि पूर्जा वितरण हुने भएका कारण सवै नागरिकको साथ र सहयोग आवश्यक हुने उनले बताए । ‘धेरै वडामा जग्गा धनि पूर्जा वितरणका लागि प्रकृया सुरु भइसकेकाो छ,’ रानाले भने, ‘वडा स्तरमा दावि विरोधको सूचना टाँस गरिएकको छ, सवै प्रकृया पुरा गरेर ती स्थानमा हामी छिट्टै पूर्जा वितरणको कार्य सुरु गर्ने छौं ।’
भूमी हिन समस्या समाधान आयोगले २०६६ माघ २८ गते अघि सम्म ऐलानी जग्गा भोगचलन गरी बसोवास गर्दै आएको अव्यवस्थित बसोवासीलााई आवश्यक राजस्व अशुल गरेर पूर्जा दिने तयाारी गरेको छ । शहरी क्षेत्रमा ८ धुर मात्रै जग्गा उपलब्ध गराउन सकिने प्रावधान रहेको छ । तर शहर उन्मुख वा ग्रामिण क्षेत्र निर्धारण भएको स्थानमा एक परिवारलाई डेढ विघाहा जमिनको पूर्जा दिन सकिने प्रावधान रहेको छ । स्थानीय तहले गरेको जग्गाको मुल्याङ्कनका आधारमा अव्यवस्थित बसोवासीलाई कुल मुल्याङ्कनको १० प्र्रतिशत राजस्व संकलन गरेर डेढ विघा सम्म जमिन उपलब्ध गराउन सकिने रानाले बताए । तर दलित, सुकम्वासी, भूमी हिन परिवारलाई भने राजस्वमा छुट दिएर ६ कठ्ठा सम्मा मात्रै जमिन उपलब्ध गराउन सकिने प्रावधान रहेको आयोगका सदस्य रानाले बताए ।
‘शहरी क्षेत्र, शहरउन्मुख क्षेत्र र ग्रामिण क्षेत्रको निर्धारण स्थानीय तहले गर्ने हो,’ आयोगकका कैलाली सदस्य राानाले भने, ‘आयाोगले स्थानीय तहकोे सिफारिसका आधारमा पूर्जा दिने हो ।’
यद्देपनि भूमी ऐन संशोधन भइरहेका कारणा आगामी दिनमा केही वयवस्था परिवतर्तन पनि हुन सक्ने रानाको भनाई छ । ‘वन ऐन र भूमी ऐन संशोधनको प्रकृयामा छन्, ‘रानाले भने, ‘त्यसैले आगामी दिनमा हालका व्यवस्था परिवर्तन पनि हुन सक्छन् ।’
हाल भूमी आयोगक कैलालीले विगगतमा नाप नक्सा भइसककेकाा पालिकाका केही वडामा पूर्जा समेत वितरण सुरु गरेको छ । गोदावरी, धनगढी, बर्दगोरिया लगायत पालिकाका केही क्षेत्रमा पूर्जा वितरणको काम अन्तिम चरणमा रहेको रानाले बताए । उनका धनगढी उप महाननगरपालिका वडा नम्बर–१५ को वसन्त टोलकका जग्गा धनीलाई पूर्जा वितरण गर्न फााइल सिफारिस भइसेको उनले बताए । त्यसैगरी गोदावरी नगरपालिकाको बसपार्क क्षेत्रको फाइल पनि आयोगलाई सिफारिस भइेसकेको रानाले बतााए ।