धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

निर्सग अस्पतालमा अव फिजियोथेरापी सेवा पनि

निर्सग अस्पतालमा अव फिजियोथेरापी सेवा पनि

धनगढी धनगढी स्थित निर्सग हस्पीटल एण्ड रिसर्च सेन्टरमा फिजियो थेरापि सेवा पनि सञ्चालन गरिएको

ग्राहको मग अनुसार हस्पिटलले फिजियो थेरापि सेवा सञ्चालन गरेको अध्यक्ष तिर्थराज पन्तले बताए उनका अनुसार शुक्रबार देखि अस्पतालले विधिवत रुपमा फिजियो थेरापि सेवा सञ्चालनमा ल्याएको हो

फिजियो थेरापि सेवाको उद्घाटन गर्दै पन्तले भने, ‘थेरापि सेवा आवश्यक पर्ने विरामीलाई बाहिर पठाउनु पर्दा हामीलाई दुःख लाग्ने गरेको थियो, विरामीले अस्पतालमै सेवा भए राम्रो हन्थ्यो भन्ने धारणा राख्ने गर्दथे, विरामीको चाहना अनुसार थेरापि सेवा सुचारु गर्न पाउँदा अस्पताल टिम हर्षित भएको

अध्यक्ष पन्तका अनुसार अस्पतालमै थेरापि सेवा सञ्चालन गर्ने अस्पतालमा निशर्ग अस्पताल सुदूरपश्चिमकै पहिलो हो थेरापि सेवा सञ्चालन पछि हाडजोर्नी तथा नसा रोगको उपचार, गर्दन दुखेको, ढाडको पुरानो तथा नयाँ दुखाईको उपचार सुरु गरिएको डाक्टर नबिन ढुङगानाले बताए

उनका अनुसार अस्पतालमा न्युरोलोजिकल समस्या, बालबालिकामा देखा पर्ने अटिजम, डाउनसिन्डम, मांसपेसीको कमजोरी आदिको पनि उपचार गरीने भएको अस्पतालमा मेडिकल डाइरेक्टर मेराज अलाम अन्सारीका अनुसार यो फिजियोथेरापी सेवा संञ्चालनमा आएपछि सुदूरपश्चिममै हाडजोर्नी सम्बन्धी सम्पूर्ण उपचार संम्भव हुने भएको निशर्गमा थेरापि सेवा सञ्चालन पछि हाड जोर्नि सम्बन्धी समस्याहरुका कारण अव विरामीले अन्यत्र जानु पर्ने बाध्यता हट्ने