धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

धनगढीमा जुलाहा फर्निसिङ सञ्चालन

छोरीको आँखा उपचार गर्न आउँदा देखेको सम्भावनालाई अन्सारीले व्यवसायमा बदलेका हुन्

धनगढीमा जुलाहा फर्निसिङ सञ्चालन

धनगढी चार बर्ष अघि भारत उउत्तराखण्डको हल्द्धानीका मोहम्मद आसिफ अन्सारी छोरीको आँखाको उपचार गर्न गेटा आखा अस्पताल आएका थिए आँखा अस्पताल आउने क्रममा नै धनगढी, अत्तरिया, महेन्द्रनगर घुमेका अन्सारीले  व्यवसायको राम्रो सम्भावना देखेका थिए

भारतको हल्द्धानीमा बिगत २५ बर्षदेखि फर्निसिङ व्यवसाय गर्दै आएका तिनै अन्सारीले आइतबारदेखि धनगढीमा फर्निसिङ व्यवसाय शुरु गरेका छन् छोरीको आँखा उपचार गर्न आउदा देखेको सम्भावनालाइ अहिले पुरा गर्न लागेको छु, अन्सारीले भने, ‘अहिले सम्म सिकेको सीपलाई नेपालमा स्तरिया फर्निसिङ आइटमहरु उपलव्ध गराउन प्रयोग गर्छु

धनगढीमा सबै किसिमका सुविधा सम्पन्न फर्निसिङ सामान एकै ठाउँबाट उपलव्ध गराउन बसपार्कको ओमशान्ति टोलमा अन्सारीले जुलाहा फर्निसिङ आइतबारदेखि सँचालनमा ल्याएका छन् फर्निसिङ पसलको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले उद्घाटन गरेका हुन्

नेपालमा बिकासको क्रम शुरु रहेकोले धेरै सम्भावना देखेर आफु नेपालमा व्यवसाय शुरु गर्न आएको अन्सारीले बताए बिगत दश महिनामा सुदुरपश्चिमका साथै काठमाण्डौ, बुटवल, नेपालगन्ज, पोखरा लगायतका ठाउँमा घुमेर राम्रो सम्भावना देखेकोले शुरुमा धनगढीमा  व्यवसाय शुरु गरेको अन्सारीले बताए

धनगढीको पसलबाट होलसेल तथा खुद्रा मुल्यमा  पर्दा, सोफाका सामान, बेड सिट, कम्बल, रजाइ, वालपेपर, ग्रास, विण्डो ब्लाइण्ड  पाइनेछन् हामी स्तरिय सामानहरु मात्र दिन्छौं, अन्सारीले भने, ‘सोफाका सबै सामान धनगढीमै उत्पालन गरेर बिक्री गर्छौ बाहिरबाट केही पनि ल्याउँदैनौ

हल्द्धानीमा  फर्निचरको, तकिया गद्धाको गरि दुई वटा उद्योग रहेको त्यसको अनुभवका आधारमा धनगढीमा  आफै उत्पादन गर्ने अन्सारीले बताए उनले भने, ‘सोफालाई आवश्यक पर्ने सबै चीज यही बनाउर्छौ, केही पनि बाहिरबाट ल्याउँदैनौं

धनगढीमा पसल सञ्चालन भैसकेपछि काठमाण्डौमा फर्निसिङको उद्योग सँचालन गर्ने तयारी अन्सारीको काठमाण्डौमा ठाउँ हेरिसकेका छौं   अन्सारीले भने यही उत्पादन गरेर नेपालभरि सप्लाइए गछौं

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुवरले  नेपालमा आर्थिक मन्दी छाएको बेलामा धनगढीमा आएर व्यवसाय शुरु गरेकोमा खुशी व्यक्त गरे   यहा व्यवसाय धरासायी भैरहेको बेला भारतबाट आएर व्यवसाय शुरु गर्नु सकारात्मक कुवरले भने  हामीले सक्ने सहयोग गर्न हामी तयार छौं

कैलाली उद्योग वाणिज्य संघ बरिष्ठ उपाध्यक्ष पुष्कर कुवरप्याब्सन कैलालीका अध्यक्ष टोपेन्द्र शाह, क्यान सुदुरपश्चिमका अध्यक्ष धिरेन्द्र बोगटीले शुभकामना व्यक्त गरेको उक्त कार्यक्रमको सँचालन जनकल्याण बोर्डिङ स्कुलका सँचालक प्रिन्सिफ योगेन्द्र हमालले गरेका थिए