धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

प्रधामन्त्री ओलीको पक्षमा धनगढीमा प्रदर्शन

प्रधामन्त्री ओलीको पक्षमा धनगढीमा प्रदर्शन

धनगढी,

  नेपाल नेकपामा केपी ओलीको नेत्तृत्वमा गठन भएको सरकार ढाल्ने खेल भएको भन्दै धनगढीमा युवाहरुले त्यसको विरोध गरेका छन्

   ‘आजलाई हैन, पाँच बर्षकै लागि केपी ओलीको सरकार, ‘सम्वृद्ध नेपालका लागि केपि ओली नेतृत्वको सरकार, भन्दै युवाहरुले क्याम्पसरोड चोकदेखि पार्कमोडसम्म ¥याली निकालेका हुन् ¥यालीपछि पार्कमोडमा सहभागी नेत्र मैनालीले केपी ओली नेतृत्वको सरकार छोटो समयमा देशमा परिवर्तनका सूचक देखाउन सफल भएको, भारतले मिचेको भूमी फिर्ता ल्याउने साहसिक कदम चालेको नागरिकता विधेयक मार्फत विदेशीलाई नागरिकता बाँड्ने खेल रोक्ने जस्ता काम गरेका कारण केपी ओली सरकारको सर्मथन गरिएको बताए

 उनले जनआदेश केपिको नाममा आएका कारण पाँच बर्षको प्रधानमन्त्री कार्यकाल पनि केपीले सम्हाल्नु पर्ने बताए