धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

सुदूरपश्चिम विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्मेलन

सुदूरपश्चिम विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्मेलन

धनगढी कञ्चनपुर स्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले सुदूरपश्चिम क्षेत्रमा भएका विभिन्न अध्ययन, सभ्यता, कला कला संस्कृतिसम्बन्धी अनुभव आदानप्रदानका लागि सोमबारदेखि दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिरहेको विश्व विद्यालयका उप कुलपति प्राध्यापक डा=अम्मराज जोशीले बताए

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले स्थापना भएपछि पहिलो पटकसुदूरपश्चिम स्टडिज : हेरिटेज, इन्नोभेसन एण्ड ट्रान्सफोरमेन अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको उनले बताए सुदूरपश्चिम क्षेत्रको ज्ञान विज्ञानको गहन विचार विमर्श गर्न सम्मेलन गरिएको उनले बताए

सुदूरपश्चिमलाई सवैले पिछडिएको क्षेत्र भन्ने गरेका छन्, उप कुलपति जोशीले भने, ‘तर त्यो वास्तविकता हैन, यहाँ अपार सम्भावना , ज्ञान, खोजका लागि यो क्षेत्र उत्कृष्ठ , यो शिद्ध गर्न हामीले अन्तराष्ट्रिय सम्मेलन गरेका हौं

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी, कर्मचारी प्राध्यापक यस क्षेत्रका अध्ययनकर्ता सबैलाई सम्मेलन उपयोगी हुने अपेक्षा राखिएको उनले बताए विश्वविद्यालयले आयोजना गरेको सम्मेलनमा बेलायततको अक्सफोर्ड विश्वविद्यालय ब्रिटेन नेपाल एकेडेमी काउन्सिल सहआयोजक छन्

जोशीका अनुसार सम्मेलनमा अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर डेबिट एन गेलर एकेडेमी काउन्सिलका डा. कृष्ण अधिकारी लगायत ख्याति प्राप्त विश्वविद्यालयका प्रतिनिधिको  सम्मेलनमा सहभागी भएका छन्

सम्मेलनका लागि केन्द्रीय कार्यालयका तीन सभा कक्ष तयार गरिएका छन् सम्मेलनमा प्राध्यापक विद्यार्थीसहित विभिन्न क्षेत्रका गरी सय ७६ जना सहभागी हुने भएका छन् सम्मेलन आयोजक समितिका संयोजक डा. भट्टले सम्मेलनमा ७६ अनुसन्धान प्रतिवेदन प्रस्तुत, जनस्वास्थ्यमा दुई छलफल तीन राउण्ड टेबल छलफल हुने जानकारी दिए

सरकारले २०६६ मा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय घोषणा गरेको थियो त्यसपछि सञ्चालन आएको विश्वविद्यालयले यो वर्ष पहिलो विदेशी विश्वविद्यालयका प्राध्यापकलाई समेत बोलाएर सम्मेलन गरेको हो