धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कैलालीमा सरकारी कोटाको धान खरिद सुरु

कैलालीमा सरकारी कोटाको धान खरिद सुरु

धनगढी खाद्या व्यवस्था तथा व्यापार कम्पनिले सरकारले निर्धारण गरेको कोटा अनुसार मंगलबार देखि धान खरिद गर्न थालेको

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडकी प्रदेश कार्यालय प्रमुख इन्जिला वस्नेतका अनुसार मंगलबार देखि कैलालीको मोहनपुर, टिकापुर शत्तिबाट धान खरिद सुरु गरिएको हो

पहिलो दिन तीन वटै केन्द्रबाट एक हजार क्वीन्टल धान खरिद भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनिले कात्तिक १६ गतेको मोटा धानको न्युनतम मुल्य हजार सय ६७ मध्यम धानको मुल्य हजार सय २८ कायम गरेको थियो कात्तिकमै धानको समर्थन मुल्य निर्धारण गरिएको भएपनि धान खरिदको अधिकार नदिंदा खरिद प्रक्रिया सुरु हुन सकेको थिएन

कैलालीमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसी शक्रबार तीन स्थानबाट धान खरिद गर्ने निर्णय गरिएको थियो कैलालीमा यस बर्षमा का लागि ४० हजार क्वीन्टल धान खरिद गर्न केन्द्रबाट स्वीकृति आएको प्रदेश कार्यालय प्रमुख बस्नेतले बताइन्

खाद्य व्यवस्था तथा व्यापार कम्पनिले २०७७ मा धानको समर्थन मुल्य मोटो धान प्रति क्वीन्टल हजार सय ३५ मध्यम धानको मुलय प्रतिक्वीन्टल हजार सय ८५ तोकेको थियो सो बर्ष कैलालीमा ६१ हजार मेट्रिकटन धान संस्थानले खरिद गरेको थियो

गत बर्ष  मोटोधानको मुल्य हजार सय ५० मसिनो धानको मुल्य दुई हजार सय निर्धारण गरिएकामा कार्तिकमा आएको बाढीका कारण धान विग्रेको भन्दै खाद्य तथा व्यापार कम्पनिले धान खरिदनै गरेन

२०७७ मा कैलालीका वटा स्थान (धनगढी, टिकापुर, जोशीपुर भजनी) बाट खाद्य व्यवस्था तथा व्यापार कम्पनिले धान खरिद गरेको थियो