धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
माया लुहार हत्या प्रकरण

छानविनको प्रतिवेदन बुझाउँदै प्रहरी

छानविनको प्रतिवेदन बुझाउँदै प्रहरी

धनगढी घाँटी रेटेर हत्या गरिएकी बैतडीको पञ्चेश्वर गाउँपालिका की २१ वर्षीया माया लुहार हत्या प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको

हत्या आरोपमा पक्रा परेका सशस्त्र प्रहरीका जवान भरत कोलालीमाथी गरिएको अनुसन्धान लगभग सकिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको

हाम्रो अनुसन्धान अन्तिम चरणमा , जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक राजेश शाहीले भने, ‘सोमबा सम्म छानविनको फाइल जिल्ला न्यायधिवक्ताको कार्यालयमा बुझाउन सक्छौं माया लुहार हत्या प्रकरणमा पक्राउ परेका कोलीमाथी थप छानविनका लागि छानविनका लागि प्रहरीले दुई पटक अदालतबाट म्याद थप गरेको थियो

गत मंसिर १४ गते शिवनाथ गाउँपालिका नेपाल टेलिकमको टावर नजिकै रहेको जंलमा २१ वर्षीय माया लुहार मृत अवस्थामा फेला परेकी थिइन् उनको घाँटी रेटिएको अवस्थामा शव भेटिएको थियो भने, उनि संगैकी १५ वर्षीया नेहा लुहारको पनि घाँटी रेटिएको अवस्थामा घाइते भेटिएकि थिइन् नेहाको उपचार भइरहेको

उनीहरू मंसिर १३ गते बिहान १० बजे घरबाट लुगा सिलाउन जाने भन्दै निस्केका थिए

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पुरूषोत्तम थापाका अनुसार हत्या आरोपित भरत कोलीलाई निलम्बन गरिएको प्रहरीले पक्राउ गरेकै दिनबाट लागु हुनेगरी उनलाई निलम्बन गरिएको उनले जानकारी दिए

अदालतले गर्ने फैसलाका आकारमा कोलीको निलम्बन केहुने भन्ने निक्र्याल हुने उनले बताए अदालतबाट कोली दोषि ठहर गरिएमा उनी जागिरबाट बर्खास्त हुने छन्, भने अदालतले निर्दोश ठहर गरेमा निलम्बन फुकुवाई भई पुनः सरकारी सेवामा जोडिनेछन्